७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तिलगंगामा मिस नेपाल २०२३ सृच्छा प्रधानको चश्मा हटाउने स्माइल प्रो लेजर सर्जरी

अ+ अ-

काठमाडौँ । तिलगंगा आँखा प्रतिष्ठानमा मिस नेपाल २०२३-सृच्छा प्रधानको स्माइल प्रो लेजरबाट चश्मा हटाउने शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । 

यो नेपालमा उपलब्ध एक मात्र रोवोटिक लेजर आई सर्जरी प्रविधि हो । स्माइल प्रो विश्वमा एक मात्र लेन्टीकुलर ईक्ट्राक्सन एफडिए प्रमाणित प्रविधि हो ।  

यस प्रविधिबाट ‘माइनस’ १४ तथा ‘प्लस’ ६ डायप्टर सम्मको पावर भएको चश्मा लगाई रहेका व्यक्तिहरूको चश्माको पावर हटाउनको लागि यो सर्जरी उपयुक्त हुन्छ । यस्तो सर्जरी गर्न पहिला आँखाको विस्तृत जाँच गरिन्छ, त्यसपछि मात्र सर्जरी गर्न मिल्ने नमिल्ने थाहा हुन्छ । विशेषतः दृष्टि दोष (पावर चश्मा लगाउनुपर्ने समस्या) हुनेलाई यस्तो सेवा प्रदान गरिने तिलगंगा आँखा प्रतिष्ठान रिफ्रयाक्टीभ सर्जन डा. बन्दना खनालले बताइन् । 

पेशागत रूपमा चश्मा लगाउन नमिल्ने र अप्ठ्यारो हुने जस्तै खेलाडी, एयरहोस्टेज, टेलिभिजन समाचार वाचक साथै विभिन्न पेसामा आबद्ध प्रोफेशनल, काम गर्नुपर्ने युवा अवस्थाका व्यक्तिहरूको लागि यो सर्जरी राम्रो विकल्प हुन सक्छ ।

रिफ्रयाक्टीभ सर्जन डा. कौशल पोखरेल भने, ‘शुरुको अवस्थामा माइनस ‘१४’ सम्म र प्लस ‘६’ सम्म गर्ने गरिन्थ्यो । तर विगत डेढ वर्ष अघि देखि माइनस १४ भन्दा धेरै पावर हुनेहरूको पनि लेन्स एक्सचेन्ज र फेकिक आई व एल प्रविधिद्वारा सर्जरी गर्दै आएका छौ । ४० वर्ष नाघेका व्यक्तिहरूमा नजिकको समस्या हुने र त्यसका लागि छुट्टै प्लस पावर प्रयोग गर्नुपर्ने हुँदा झन्झटिलो हुने यस्ता व्यक्तिहरूका लागि पनि लेजर सर्जरी उपयुक्त विकल्प हुन्छ’

तिलगंगा आँखा अस्पतालले सुरु गरेको  रिफ्रयाक्टीभ सर्जरीबाट हालसम्म २० हजार भन्दा बढीको चश्मा हटाउने शल्यक्रिया गरिसकेका छन् । अस्पतालले सन् २००३ बाट यो सेवा शुरु गरेको यस सेवा लिन नेपाली मात्र नभई विदेशीहरू उल्लेख्य संख्यामा आउने स्रोतले बताएको छ । नेपालमा यो सेवा सुरु हुनुभन्दा अघि भारत तथा अन्य मुलुकमा गएर सर्जरी गर्नुपर्ने बाध्यता थियो ।  

सन् २०११ बाट लण्डन भिजन क्लिनिक  तथा युएसआइडीको सहयोगमा स्तरउन्नती गरी सञ्चालनमा रहेको उक्त सर्जरीका लागि आवश्यक मेसिन जर्मनी बाट ल्याइएको छ । 

हाल प्रयोगमा आइरहेको नयाँ भिजुयोम्यक्स ८०० मेसिन नेपालमा एक मात्र लेन्टीकुलर ईक्ट्राक्सन एफडिए प्रमाणित मेसिन हो 

। यो रोबटिक प्रविधिमा आधारित भएकोले शल्यक्रियाको सुनिश्चितमा बढी विश्वस्निय छ । जुन मेसिनबाट ९ देखी १५ सेकेन्ड भित्र लेजरले काम गरिसक्छ ।  

शल्यक्रिया पश्चात् ३ देखी ६ दिन भित्र घाउ निको भइसक्दछ । केही व्यक्तिहरूले शल्यक्रिया  पश्चात् आँखामा सुख्खापन बढेको महसुस गर्दछन् । यस्तो सुख्खापन समयसँगै कम हुँदै जान्छ । शल्यक्रिया गरेको १ हप्तामै सबै काम गर्न सकिने हुन्छ भने पौडी तथा कन्ट्याक्ट स्पोर्टसको लागि भने २ महिना कुर्नुपर्ने हुन्छ ।  

विदेशको तुलानामा तिलगंगामा यो शल्यक्रिया सस्तो हुने भएकोले यस्तो शल्यक्रियाको लागि नेपाल आउनेहरू संख्या बढेको अर्का रिफ्रयाक्टीभ सर्जन डा. सागर रुइत बताउँछन् । नेपालमा ८० हजार को हाराहारी  लाग्ने यस्तो सर्जरीका लागि युरोपेली मुलुकहरूमा ८ लाख नेपाली रुपैयाँसम्म खर्च लाग्न सक्छ । यो पद्धति अत्याधुनिक तथा नवीनतम साथै सस्तो तथा सुरक्षित भएकोले उत्तर तथा पूर्वी भारत, दक्षिणी चीन (तिब्बत), भुटान तथा मध्यपूर्वका मुलुकहरू बाट समेत उपचारको लागि आउने हुँदा देशको पर्यटन विकासमा समेत सकारात्मक प्रभाव पर्ने भएकोले भविष्यमा मेडिकल टुरिजमको रूपमा यो सेवा विकास भई विदेशी मुद्रा आर्जन हुने विश्वास लिइएको छ । त्यसै गरी विदेशमा बस्ने नेपालीहरूको लागि कम खर्चमा गुणस्तरीय आँखा उपचार पाउनुको साथै परिवारसँगको भेटघाट पनि हुने गरेको छ ।  

प्रतिक्रिया दिनुहोस