५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कृषि र उद्योगलाई सँगसँगै लैजान आवश्यक : कृषि मन्त्री साह

अ+ अ-

बनियानी (झापा) । कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले कृषि र उद्योगलाई सँगसँगै विकास गरेर लैजान आवश्यक रहेको बताएकी छ । 

झापाको मेचीनगर-१४ स्थित सिङ्गापुर बेभरेज प्रालिको आज निरीक्षण गर्दै कृषि मन्त्री साहले कृषि क्षेत्रको विकास लागि उद्योगी-व्यवसायीलाई प्रोत्साहन आवश्यक रहेको बताइन् ।

“मावन स्वास्थ्यसँग जोडिएको स्वास्थ्यकर र गुणस्तरीय उपभोग्य वस्तु उत्पादन गर्ने उद्योगहरूलाई प्रोत्साहन गर्न जरुरी छ”, उनले भनिन्, “विभिन्न कार्यक्रमको माध्यमबाट कृषिसँग जोडिएका उद्योगलाई प्रोत्साहन गर्नुपर्छ, म मन्त्री भएको हैसियतले बेलाबेलामा छलफल गरिरहेको छु ।” उद्योगीलाई प्रोत्साहन गर्न देशभरि अभियानका रूपमा लैजानुपर्नेमा उनले जोड दिइन् ।

खाद्यवस्तुको गुणस्तरको नियमन र सुधारका लागि सदनबाट खाद्य स्वास्थ्य गुणस्तर विधेयकका लागि नियमावली पास भएको बताउँदै त्यसका लागि सबैको साथ सहयोग जरुरी रहेको उल्लेख गरिन्। 

“यसले गुणस्तरहीन वस्तुको नियमन र नियन्त्रण गर्न सहज हुन्छ”, उनले भनिन्, “गलत गर्नेलाई कडा कारबाही गर्नुपर्छ ।” निरीक्षणका क्रममा मन्त्री साह समक्ष उद्योगी-व्यवसायीले आफ्ना समस्या राखेका थिए । भारत, बङ्गलादेश, थाइल्यान्डलगायतका मुलुकबाट जुसका नाममा ‘फ्लेबर’ भएको पेय पदार्थ आयात हुँदा नेपाली उद्योगी मारमा परेको सिङ्गापुर बेभरेजका प्रबन्ध निर्देशक आशिष शर्माले बताए।

“फ्लेबर मात्र भएको पेय पदार्थ नेपालमा आयात गर्न पाइँदैन”, उनले भने, “तर बजारमा छ्याप्छ्याप्ती त्यस्ता पेय पदार्थ पाइन्छ ।” सरकारले त्यस्तो कार्यको नियमन र अनुगमन नगर्दा नेपाली उद्योगी-व्यवसायी मारमा परेको उहाँको भनाइ छ ।सात वर्षअघि स्थापना भएको सिङ्गापुर बेभरेजले ३२ वटाभन्दा बढी प्रकारका पेय पदार्थ उत्पादन गर्दै आएको छ । रु. ८० करोड लगानी पुगिसकेको उद्योगमा हाल तीन सय ५० जनाले रोजगारी पाएका छन् । उद्योगबाट उत्पादित पेय पदार्थ युरोप, अमेरिकालगायत ३५ वटा मुलुकमा निर्यात हुँदै आएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस