६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तथ्यपूर्ण सूचना सम्प्रेषणबाट विश्वसनीयता कायम हुन्छ : पूर्वराष्ट्रपति

अ+ अ-

पाटन (ललितपुर) ।  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भाषिक तथा सांस्कृतिक विविधताको संरक्षण गर्नु आवश्यकता औँल्याएकी छन् ।  नेपालमा मातृभाषा पत्रकारिता सुरु भएको एक सय वर्ष पुगेका सन्दर्भ पारेर नेवाः पत्रकार राष्ट्रिय दबूद्वारा आयोजित ‘प्रथम अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन’को शुभारम्भ गर्दै उनले भावी पुस्तालाई आफ्नो सांस्कृतिक पृष्ठभूमिसँग जोड्नका लागि भाषिक तथा सांस्कृतिक विविधताको संरक्षण गर्नुपर्छ भनिन् । 

‘मातृभाषा पत्रकारिताले विश्वव्यापीरूपमा प्रभावशाली रहेका भाषाहरूद्वारा सीमान्तकृत बनाइएका स्थानीय भाषा र समुदायलाई आवाज प्रदान गर्न सहयोग पुग्दछ । विभिन्न जातजातिका भाषा र संस्कृतिको संरक्षण एवं संवर्द्धनमा समेत योगदान पुर्‍याउँदछ । मातृभाषामा समाचार लेख्ने पत्रकारमा स्थानीय परिस्थितिका बारेमा गहिरो जानकारी हुने हुनाले उनीहरूले आफ्ना पाठक एवं श्रोताका लागि थप सटिक र सान्दर्भिक समाचार उपलब्ध गराउन सक्दछन् । मातृभाषा पत्रकारिताले विभिन्न भाषिक समुदायबीच संवाद र आदानप्रदानका लागि स्थान प्रदान गरेर सांस्कृतिक विविधतालाई जोड्न र अन्तर सांस्कृतिक समझदारीलाई प्रवर्द्धन गर्ने काममा योगदान गर्न सक्दछ’, उनले भनिन् । 

उनले विविधताबीचको एकता नै राष्ट्रिय पहिचान, गौरव र सामर्थ्य भएको बताइन् । पूर्वराष्ट्रपति भण्डारीले भनिन्, “लोकतन्त्र र आमसञ्चार क्षेत्रको अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ । जिम्मेवार पत्रकारिता, सुसूचित नागरिक र जबाफदेही सरकार लोकतन्त्रका परिसूचक हुन् । पत्रकारिता क्षेत्रले जिम्मेवारीपूर्ण, सन्तुलित र तथ्ययुक्त सूचना सम्प्रेषणबाट मात्र विश्वसनीयता कायम राख्न सक्दछ ।” मातृभाषा पत्रकारिता शताब्दी वर्षका अवसरमा आयोजित प्रथम अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा नेपालका विभिन्न भाषाभाषी पत्रकारका साथै भारत, बङ्गलादेश, पाकिस्तान, जापान, श्रीलङ्कालगायतका देशका पत्रकारको सहभागिता रहेको छ । ‘भर्चुअल’ माध्यमबाट विभिन्न देशका सहभागीले भाग लिएको सम्मेलन ललितपुरमा जारी छ ।

प्रतिक्रिया दिनुहोस