९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अन्य पार्टीहरुलाई समेट्दै जनाधार बलियो बनाउनतर्फ लागौँ : एनपी साउद

अ+ अ-

सुर्खेत । नेपाली काँग्रेसका नेता एनपी साउदले सङ्गठनलाई कमजोर बनाएर पार्टी मजबुत हुन नसक्ने बताएका छन् । काँग्रेस सुर्खेतले शनिबार आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उनले सङ्गठनलाई एक ढिक्का बनाएर मात्रै पार्टी मजबुत हुने बताएका हुन्।

अर्कालाई गाली गरेर, अर्कामाथि आक्रमण गरेर, आफ्नो सङ्गठन कमजोर बनाएर, सङ्गठनमा विभाजन ल्याएर पार्टी मजबुत हुन सक्दैन,’ साउदले भने । पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका नेता साउदले अन्य पार्टीहरुलाई समेट्दै आफ्नो जनाधार बलियो बनाएर मात्रै ठूलो पार्टी बन्न सकिने बताए ।

‘बहुमत प्राप्त पार्टी बन्ने भन्ने कुरा एक्लिएर बन्न सकिँदैन,’ उनले भने, ‘पार्टीहरुलाई समेटेर आफ्नो जनाधारलाई मजबुत गरेर मात्रै सबैभन्दा ठूलो पार्टी बन्न सकिन्छ,’ उनले भने । नेपालको संवैधानिक संरचनाले कुनै पनि एक दललाई बहुमत ल्याउने सुविधा नदिएको साउदले बताए ।

‘कुनै विशेष परिस्थितिभन्दा बाहेक एउटै पार्टीले बहुमत ल्याउने सुविधा सविधानको संरचनाले दिएको छैन,’ उनले भने, ‘त्यो सुविधा नदिने भएकाले भोलिको दिनमा हाम्रो संसदमा हंक पार्लियामेन्ट (त्रिशंकु सदन), एकै दलको बहुमत नभएको संसद गठन हुने व्यापक सम्भावना रहन्छ ।’

संविधानले नै फरक–फरक विचार भएका दलहरु एकै ठाउँमा सँगसँगै काम गर्ने कुराको परिकल्पना गरेको नेता साउदको भनाइ छ । ‘हाम्रो संविधानले नै सहकार्यको संस्कृति, गठबन्धनको संस्कृति, फरक-फरक विचार, चेतना र सोच भएका दलहरु पनि एकै ठाउँमा सँगसँगै काम गर्ने कुराको परिकल्पना गरेको छ,’ उनले भने ।   

प्रतिक्रिया दिनुहोस