८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टी-२० विश्वकप : क्यानडामाथि अमेरिकाको सहज जित

अ+ अ-

काठमाडौँ । आईसीसी टी-२० विश्वकपको नवौँ संस्करणको उद्घाटन खेलमा आयोजक अमेरिकाले जित हात पारेको छ । घरेलु मैदान डालासमा आइतबार बिहान खेलिएको खेलमा अमेरिकाले छिमेकी प्रतिद्वन्द्वी क्यानडालाई सात विकेटले हराएको हो । 

टस हारी पहिले ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ९४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको अमेरिकाले १७.४ ओभरमा केवल तीन विकेट गुमाएर एक सय ९७ रन बनाउँदै विजय लक्ष्य पार गर्‍यो । 

अमेरिकामा क्रिकेट विश्वकपको इतिहासकै पहिलो खेल खेलिएको हो । अमेरिकामा खेलिएको विश्वकपको यो ऐतिहासिक खेलमै कुल तीन सय ९१ रन बन्यो । अमेरिकाको जितमा एन्ड्रिज गौस र एरोन जोन्सले महत्त्वपूर्ण योगदान गरे । 

दुवै ओपनरलाई सस्तैमा गुमाएको अमेरिकाका लागि गौसले ६५ रन बनाए । उनले केवल ४६ बलमा तीन छक्का र सात चौका प्रहार गरे । एरोन जोन्सले पनि टोलीका लागि अविजित अविजित ९४ रनको योगदान गरे । उनले ४० बलको सामना गरी १० छक्का र चार चौका हिर्काए । 

गौस र एरोनले एक सय ३१ रनको साझेदारी गरे । अमेरिकाले खाता खोल्नुअघि नै आफ्नो पहिलो विकेट गुमाएको थियो । ओपनर ब्याट्सम्यान स्टिभन टेलर शून्य रनमै आउट भएका थिए । अर्का ओपनर मोनांक पटेलले भने १६ रन बनाए । 

दोस्रो विकेटका रूपमा कप्तान मोनांक पटेललाई गुमाउँदा घरेलु टोली अमेरिकाले केवल ४२ रन बनाएको थियो । त्यसपछि एन्ड्रिज गौस र एरोन जोन्सले टोलीको स्कोरलाई एक सय ७३ रनको बलियो स्थितिसम्म पुर्‍याएका थिए । कोरी एन्डर्सन तीन रनमा अविजित रहे । अमेरिकाले अतिरिक्त रूपमा पनि १९ रन पाएको थियो । क्यानडाका बलर निखिल दत्त, डिलोन हेलिगर र कलिम सानाले एक–एक विकेट लिए । 

त्यसअघि आफ्नो चिर प्रतिद्वन्द्वी अमेरिकाविरुद्ध क्यानडाले गतिलो ब्याटिङ गरेको थियो । क्यानडाका लागि दुई ब्याट्सम्यानले अर्धशतकीय पाली खेले । ओपनर नवनित धालिवालले ६१ रन बनाएका थिए । उनले केवल ४४ बलको सामना गरी तीन छक्का र ६ चौका पनि प्रहार गरे । 

चौथो नम्बरका ब्याट्सम्यान निकोलस किर्तन पनि टोलीको खातामा ५१ रन थपे । उनले केवल ३१ बलको सामना गरी दुई छक्का र तीन चौका हिर्काए । विकेटकिपर ब्याट्सम्यान श्रेयस मोभाले पनि अविजित ३२ रन बनाए । उनले १६ बलमा दुई छक्का र दुई चौका प्रहार गरे । 

ओपनर ब्याट्सम्यान एरोन जोन्सनले पनि टोलीको खातामा २३ रन थपेका थिए । क्यानडाले अतिरिक्त रूपमा पनि १० रन पाएको थियो । अमेरिकाका बलर कोरी एन्डर्सन, हरमित सिंह र अली खानले एक-एक विकेट हात पारे ।

प्रतिक्रिया दिनुहोस