६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बजेटले मुलुकको अर्थ प्रणालीलाई लयमा ल्याउँछ : देवेन्द्र पौडेल

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटले मुलुकको अर्थ प्रणालीलाई सही बाटोमा ल्याउने बताएका छन् ।

आइतबार प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा भाग लिँदै उनले पछिल्लो १५ वर्षमा मुलुकमा बढ्दै गएको निराशालाई लयमा ल्याउने गरी अर्थमन्त्रीले बजेट ल्याएको बताएका हुन् ।

बजेटमा केही कमी कमजोरी र कार्यान्वयनमा आशंका रहेको भन्दै उनले त्यसमा अर्थमन्त्रीले ध्यान दिनुपर्ने धारणा राखे ।

चालु आर्थिक वर्षमा २० खर्बसम्मको बजेट आउने अपेक्षा रहेको भन्दै पौडेलले तर अर्थमन्त्रीले स्रोतमा ध्यान दिएर १८ खर्ब ६० अर्बको बजेट ल्याएको बताए । बजेटले राखेको ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य तुलनात्मक रूपमा सन्तुलित र सम्भव भएको पौडेलको भनाइ छ ।

गाउँपालिका, अस्पताल र वडा कार्यालयका कतिपय भवनहरू बजेट अभावमा अलपत्र परेको भन्दै पौडेलले त्यस्ता संरचनालाई पूरा गर्न बजेट विनियोजन गर्नुपर्ने धारणा राखे । त्यस्तै पुल, सडकजस्ता राज्यको लगानी भइसकेका योजनामा पनि बजेट विनियोजन गर्न ध्यान दिनुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस