७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आइसीसी टी-२० विश्वकप : वेस्टइन्डिजको विजयी सुरुवात, पीएनजी ५ विकेटले पराजित 

अ+ अ-

काठमाडौँ । आइसीसी टी-२० विश्वकप क्रिकेटमा सह आयोजक वेस्टइन्डिजले विजयी सुरुवात गरेको छ । समूह ‘सी’मा रहेको वेस्टइन्डिजले पपुवा न्युगिनी (पीएनजी) लाई ५ विकेटले पराजित गरेको हो । 

गुएनामा टस हारेर पहिला ब्याटिङ गरेको पीएनजीले निर्धारित ओभरमा ८ विकेट गुमाएर १३६ रन बनाएको थियो । जवाफमा वेस्टइन्डिजले १९ ओभरमा ५ विकेट गुमाउँदै खेल जित्न सफल भयो । वेस्ट इन्डिजका रोस्टन चेस खेलको प्लेयर अफ द म्याच चुनिए ।

टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीको सुरुवात खराब रह्यो र टोलीले ५० रन मात्र नपुग्दासम्म आफ्ना ४ प्रमुख ब्याट्सम्यानको विकेट गुमाएको थियो । टोनी उरा (२) र लेगा सियाका (१) सस्तोमा आउट भए । सोही क्रममा कप्तान असद भालाले २२ बलमा २१ रनको स्लो इनिङ खेले । टोलीले नवौं ओभरमा हिरी हिरी (२) को रूपमै चौथो विकेट गुमाएको थियो । त्यहाँबाट सेसे बाउले जिम्मेवारी लिए र चार्ल्स अमिनीसँग मिलेर स्कोर १०० को नजिक पुर्‍याए । यी दुईबीच पाँचौं विकेटका लागि ४४ रनको साझेदारी भयो ।

अमिनीले १४ बलमा १२ रन बनाए र १५ औं ओभरमा ९४ रनको स्कोरमा आन्द्रे रसेलको टी–२० अन्तर्राष्ट्रिय करियरको ५० औं शिकार बने । यससँगै बाउले आफ्नो अर्धशतक पूरा गरे । उनले ४३ बलमा छ चौका र एक छक्काको मद्दतमा ५० रनको इनिङ खेले । बाउ टिमको स्कोर ९८ रनमा आउट भएपछि तल्लो क्रमका किप्लिन डोरिगाले १८ बलमा अविजित २७ रन बनाएका कारण टोली १३६ रन बनाउन सफल भयो । वेस्ट इन्डिजका आन्द्रे रसेल र अल्जारी जोसेफले २–२ विकेट लिए ।

लक्ष्य पछ्याउने क्रममा वेस्ट इन्डिजले दोस्रो ओभरमा ओपनर जोन्सन चार्ल्स (०) को विकेट गुमाएको थियो । निकोलस पूरन पनि सोही ओभरमा आउट हुन सक्थे । पीएनजीले एलबीडब्ल्यू आउटको अपिल गरे पनि डीआरएस लिएन र जोगिए ।

ब्रेन्डन किङले ३४ रन बनाउँदा पुरनले पनि केही राम्रा सट खेले तर ६१ रनको स्कोरमा २७ रन बनाएर आउट भए । त्यहाँबाट विकेट पतन सुरु भयो र केही समयमै स्कोर ९७÷५ बनेपछि वेस्टइन्डिज दबाबमा आयो ।

तर, रोस्टन चेसले आन्द्रे रसेलसँग १८ बलमा ४० रनको अविजित साझेदारी गरे र एक ओभर बाँकी राखेर आफ्नो टोलीलाई जित दिलाए । चेसले २७ बलमा ४२ रनको अविजित इनिङ खेले । योसँगै रसेलले ९ बलमा अविजित १५ रन बनाए । पपुवा न्युगिनीका असद भालाले सर्वाधिक २ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस