८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेले भन्यो-सरकारमा नभएपनि नीति तथा कार्यक्रमको स्वामित्व लिन्छौँ

अ+ अ-

काठमाडौँ । नेकपा एमालेले आर्थिक वर्ष ०८१/०८२ का लागि सुदूरपश्चिम प्रदेश सरकारले आइतबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आफ्नो पार्टीले स्वामित्व लिएको जनाएको छ ।

हालसम्म सरकारमा सहभागी नभएर मुख्यमन्त्री दीर्घ सोडारीलाई द्विविधामा पारिरहेको एमालेले संसदीय दलले सोमबार पत्रकार सम्मेलन गरी आफ्नो पार्टीको राय र सुझावअनुसार सरकारले नीति तथा कार्यक्रम ल्याएको बताएको हो ।

‘हामी सरकारमा नभए पनि हाम्रो संसदीय दलका तर्फबाट विभिन्न क्षेत्रका विज्ञहरूसँग परामर्श गरेर लिखित रूपमा सरकारलाई सुझाव दिएका थियौ,’ पूर्व मुख्यमन्त्री समेत रहेका दलका नेता रावलले भने ‘तुलनात्मक रूपमा विगतका भन्दा यस वर्षको नीति तथा कार्यक्रम राम्रो आएको छ । बजेटका सिद्धान्त र प्राथमिकतामै टेकेर नीति तथा कार्यक्रम आएको छ ।’

आफूहरूको सुझावअनुसार देवाटकीय पर्यटन सर्किट, टेक्लिकल विश्वविद्यालय वा इन्स्टिच्युट बनाउने, विगतजस्तो मठमन्दिरमा बजेट नछर्ने, जनशक्ति उपयोग, जमिन बाँझो नराख्नेसम्मका प्राथमिकताहरू नीति तथा कार्यक्रममा समेटिएको उनले बताए । यस्तै एक जिल्ला एक पुरातात्त्विक गन्तव्य, लगानी सम्मेलन, आत्मनिर्भरता उन्मुख सुदूरपश्चिम प्रदेश, भीमदत्त पन्त, दशरथ चन्द, द्वारिकादेवी ठकुरानी, पहलमानसिंह स्वाँरसगँग सम्बन्धित नयाँ कार्यक्रम समेटिनु पनि राम्रो पक्ष रहेको र त्यसमा आफूहरूको सुझाव रहेको रावलले बताएका छन् । उनले नीति तथा कार्यक्रममा टेकेर बजेट आउनुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस