८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टी-२० विश्वकप विजेताले कम्तीमा ३२ करोड पुरस्कार पाउने 

अ+ अ-

काठमाडौँ । वेस्ट इन्डिज र अमेरिकामा भइरहेको आइसिसी टी-२० विश्वकपको नवौँ संस्करणको विजेताले कम्तिमा २.४५ मिलियन अमेरिकी डलर पुरस्कार (३२ करोड ५६ लाख रुपैयाँ बढी) पाउने भएको छ।

२० टोलीबीच प्रतिस्पर्धा भइरहेको प्रतियोगिताको फाइनल बार्बाडोसको किङ्गटनमा हुँदैछ। सो फाइनलमा पराजित हुने टोलीले १.२८ मिलियन डलर प्राप्त गर्नेछन्। सेमिफाइनलमा हार्ने टोलीले ७ लाख ७८ हजार डलर प्राप्त  गर्नेछन्। 

प्रतियोगिताको कुल पुरस्कार राशि ११.२५ मिलियन डलर रहेको छ। 

सुपर–८ बाट बाहिरिने चार टोलीले ३ लाख ८२ हजार डलर प्राप्त गर्नेछन्। यस्तै नवौँ, १०औ, ११औँ र १२औँ स्थानमा रहने प्रत्येक टोलीले २ लाख ४७ हजार प्राप्त गर्नेछन्। 

यस्तै १३औँ देखि २०औँ स्थानमा रहने सहभागी टोलीले २ लाख २५ हजार अमेरिकी डलर प्राप्त गर्नेछन्। 

प्रत्येक टोलीले सेमिफाइनल र फाइनल बाहेक प्रत्येक खेल जित्दा अतिरिक्त ३१ हजार १५४ डलर प्राप्त गर्नेछन्।  

प्रतियोगितामा नेपाल समूह ‘डी’ छ। नेपालले प्रतियोगिता खेल्नुअघि नै कम्तिमा २ लाख २५ हजार अमेरिकी डलर (झन्डै ३ करोड रुपैयाँ) पाउने पक्का भइसकेको छ। यस्तै एक खेल जिते थप ४१ लाख रुपैयाँ बढी प्राप्त गर्नेछ।

प्रतिक्रिया दिनुहोस