काठमाडौँ। नेपाली काँग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले शान्ति प्रक्रियाका बाँकी कामहरू अविलम्ब टुङ्ग्याउनुपर्ने बताएका छन् । मंगलबार राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद सिटौलाले शान्ति प्रक्रियाको बाँकी कामहरू अविलम्ब टुङ्ग्याउनुपर्ने बताएका हुन् ।
उनले भने, ‘ म सरकारको ध्यान आकृष्ट गराउन चाहन्छु, यो विषयलाई मूल प्राथमिकताको आधारमा सरकारले यसलाई टुङ्ग्याउनका लागि प्रयास गरोस् । यसमा प्रतिपक्षमा रहेका जति पनि हामीहरू छौँ, रचनात्मक सहयोग गर्न चाहन्छौँ । गहिराइमा पुगेर, फेरि पनि नबल्झिने गरी यसलाई टुङ्ग्याउनुपर्छ । ‘
उनले तत्कालीन राज्य पक्ष र विद्रोही पक्षको चेपुवामा परेका नागरिकहरूले अझैपनि न्याय नपाएका भन्दै उनीहरूलाई न्याय दिनका लागि अरु ढिलो गर्नु नहुने बताए ।
उनले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न नसके राजनीतिक दलहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा विवादको घेराबाट मुक्त हुन नसक्ने बताए ।