काठमाडौँ । नेकपा एमाले प्युठानको अध्यक्षमा विजयविराज विष्ट विजयी भएका छन् । उनी यसअघि पनि अध्यक्ष रहेका थिए । उपाध्यक्षमा माधव शर्मा पौडेल विजयी भएका छन् ।
अध्यक्ष र उपाध्यक्षबाहेक ३ पदाधिकारी र सबै पदमा निर्विरोध भएको एमाले पोलिटब्युरो सदस्य सूर्य थापाले जानकारी दिए ।
अध्यक्षमा तीन जनाको उम्मेदवारी परेको थियो । जिल्ला अधिवेशनका लागि छनोट भएका ५३९ मध्ये ५२३ जनाले मतदान गरेका थिए । जसमध्ये अध्यक्षमा विष्टले २९९ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी मधुर शर्माले १८५ र अजय सिंहले २५ मत पाएका थिए ।
त्यसैगरी उपाध्यक्षमा पौडेलले २५७ मत ल्याएर विजयी भएका छन् ।