काठमाडौँ । डोटीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । लेकम गाउँपालिकाबाट धनगढी जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१ ००१ ज १४८९ नम्बरको जिप बुडर नजिक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु हो । दुर्घटनामा अन्य आठ जना घाइते भएका छन् ।
ज्यान गुमाउने व्यक्तिको परिचय खुल्न बाँकी रहेको इलाका प्रहरी कार्यालय बुडरका वरिष्ठ प्रहरी नायब निरीक्षक धनञ्जयकुमार मल्लले जानकारी दिए । घाइतेहरूको उद्धार गरी धनगढीस्थित निसर्ग हस्पिटलमा पठाइएको प्रहरीले जनाएको छ ।