९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चुरे क्षेत्रको दोहन नरोके तराईमा पानीको हाहाकार हुनेछ : मन्त्री सुडी

अ+ अ-

काठमाडौँ । वन तथा वातावरण मन्त्री नवल किशोर साह सुडीले वातावरण संरक्षणको सुनिश्चितता अत्यावश्यक भएकाले यसको संरक्षण गर्नु सबैको साझा जिम्मेवारी भएको बताएका छन् । उनले मानव दोहन र प्राकृतिक क्षयीकरणको मारमा परेको चुरे क्षेत्र विनाशलाई नरोके तराई सुख्खापन र पानीको हाहाकारको मारमा पर्ने भएकाले चुरे संरक्षण अभियानलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । 

बुधबार ललितपुरमा विश्व वातावरण दिवसको अवसर पारेर आयोजित कार्यक्रममा मन्त्री साहले भने, ‘वातावरण संरक्षण हाम्रो साझा जिम्मेवारी हो । यो विषय केवल सरकार, गैरसरकारी संस्था वा सीमित व्यक्तिहरूको मात्र चासोको विषय होइन । वातावरण संरक्षण हाम्रो भविष्य र सन्ततिका लागि र सम्पूर्ण जीवजन्तु तथा वनस्पतिहरूको संरक्षणका लागि अत्यावश्यक छ ।’

उनले जलवायु परिवर्तन, वन विनाश, जैविक विविधतामा आएको ह्रास जस्ता विविध समस्याका कारण वातावरणमा प्रत्यक्ष असर परेको उल्लेख गर्दै उनले यी समस्या समाधान गर्न सबैको एकता र सहकार्य अत्यावश्यक भएको बताए । 

यस्तै, उनले जलवायु परिवर्तनको असरबाट नेपालमा हिमाल पग्लिँदै गइरहेको, नदीहरू सुक्न थालेको, वनमा डढेलो बढेको र त्यसले कृषिमा आधारित जनजीवन र जैविक विविधतामा गम्भीर असर पुर्याईरहेको भन्दै यसको सामना गर्न दिगो विकासका सिद्धान्तलाई आत्मसाथ गर्नु जरुरी भएको बताए । 

पारिस्थितिकीय प्रणालीको पुनर्स्थापना गर्नु वातावरण संरक्षणको मुख्य अंग भएको बताउँदै उनले  विनास भएका वन क्षेत्रको पुनर्स्थापना, जलाधार क्षेत्रको संरक्षण गर्नुपर्नेमा जोड दिए । उनले चुरे क्षेत्रमा जलवायु परिवर्तन र मानवीय दोहनले गर्दा निकै असर पुगिरहेको भन्दै तराईमा भविष्यमा हुने पानीको हाहाकारलाई जोगाउनुपर्नेमा जोड दिए ।

‘जलवायु परिवर्तनको कारण मानवीय गतिविधि चुरे क्षेत्रमा बढ्दा चुरे क्षेत्र विनाशको चपेटमा परेको छ । प्राकृतिक रूपमा पनि क्षयीकरण भइरहेको चुरे क्षेत्र मानवीय गतिविधि र खानीजन्य पदार्थको उत्खननले तराईमा अब पानीको हाहाकार हुने अवस्था सिर्जना भएको छ । यस्तो अवस्थामा चुरे संरक्षण र जल पुनर्भरण कार्यक्रम ल्याउन जरुरी छ ।’  उनले थपे, ‘सरकारले वन संरक्षण, जलवायु अनुकूलन योजना, विपद् व्यवस्थापन नीति र हरित विकासका नीतिहरूमार्फत दिगो विकासका मार्ग अवलम्बन गरेका छौं । यसमा राष्ट्रिय प्रकृति संरक्षण कोष जस्ता संस्थाहरूको पनि महत्त्वपूर्ण भूमिका रहेको छ । यो प्रयासलाई सफल बनाउन सबै तहका मानिसहरूको सक्रिय सहभागिता जनाउन सबैलाई अपिल गर्दछु ।’  

प्रतिक्रिया दिनुहोस