८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आफू लक्षित टिप्पणीप्रति आपत्ति जनाउँदै शिक्षा मन्त्री सुमनाले गरिन प्रतिप्रश्न

अ+ अ-

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीसमेत रहेकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले महिलालाई हेर्ने मानसिकता विकराल रहेको बताएकी छन्।

विदेशबाट नेपाल घुम्न आएको बेला मन्त्री बनेको भन्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आफूलक्षित टिप्पणीप्रति उनले बुधबार आफ्नो सचिवालयको फेसबुकमार्फत प्रतिक्रिया दिएकी छन्।

उनले यहाँका राजनीतिक अगुवा भनिएकाहरूले नै नेपाल आएपछि राजनीतितिर नहेरुन्, उनीहरूको शक्ति र वर्षौँदेखि जमाएर गरिरहेको राजनीतिक पेसामा प्रतिस्पर्धा नबढाउन्, उनीहरूको होमा हो भन्ने कार्यकर्ता बनुन् भन्ने अभीष्ट राख्ने गरेको बताएकी हुन्।

‘यो तँ बसेर आएको देश हो र नेपाल पो हो ! भनेर हरेक कुरामा सम्झौता गरोस् भन्ने अपेक्षा हुँदो रहेछ। कर्मचारीतन्त्र र यहाँका पेसाकर्मीहरू पनि विदेशमा पढेकाहरूलाई प्रतिस्पर्धी मात्र देख्दा रहेछन्, अहिले पौडिरहेको सानो पोखरीमा आफ्नो कब्जा रहिरहोस् भन्ने ध्येय हुनेरहेछ, उनीहरूको सीप र लगनले पोखरी नै ठूलो हुन सक्ने देख्दैनन्,’ उनले भनेकी छन्, ‘महिलालाई हेर्ने मानसिकता विकराल छ र झनै बढी प्रहार हुने रहेछ । समाजको नियम भनेर के लगाउने, के बोल्ने हरेक कुरामा लक्ष्मण रेखा कोरिदिने र त्यहीभित्र बसोस् भन्ने सोच हुनेरहेछ, यही भएर होला प्रायः हाम्रा बहिनी छोरी विदेशबाट फर्कन खोज्दैनन्।’

मन्त्री श्रेष्ठले बिहे भए पछि जन्मेको घरप्रति कुनै जिम्मेवारी हुँदैन भनेर प्रश्न पनि गरेकी छन्। त्यस्तै श्रीमानको पहिचान बाहिर नारीको आफ्नो स्वतन्त्र पहिचान हुँदैन भन्दै प्रतिप्रश्न गरेकी छन्।

‘के विदेशसँग कुनै सम्बन्ध हुँदैमा मान्छे देशद्रोही भई हाल्छ ? अहिलेसम्म पुस्तौदेखि नेपालमै बसेका, नेपालीसँगै विवाह गरेकाहरूले चलाएको देश हो यो, यही कारणले मात्र उत्पात विकास हुने रहेछ त ? हामीले लडेर ल्याइदिएको अधिकारको मज्जा लिइरहेको छौँ भनेर नथाक्नेहरू नै त्यसको उपयोग गर्दा भने भड्किन पुग्छन्,’ उनले भनेकी छिन्।

यसको पछिल्लो उदाहरण समाजका अगुवाको अभिव्यक्ति रहेको पनि उनले बताएकी छन्।

प्रतिक्रिया दिनुहोस