८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेले भन्यो-पशुपतिमा जतिसुकै धूप अक्षता गरे पनि सरकार ढल्दैन

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापालाई नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले पशुपतिमा जतिसुकै धूप अक्षता गरे पनि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार नढल्ने जवाफ दिएका छन्।

प्रतिनिधि सभाको बैठकमा बजेटमाथि छलफलको क्रममा महामन्त्री थापाले धेरै आलोचना गर्दा फेरि बजेट काँग्रेसले नै काँध हाल्नुपर्ने अवस्था आउन सक्ने बताएपछि यस्तो जवाफ दिएका हुन्।

गगनले भनेका थिए, ‘यो बजेटमा केही मिल्दैन भनेर बोल्नुपर्ने हो । त्यसरी बोलौँ यति धेरै उथलपुथल भएको छ संसदमा ६र८ महिनापछि यो बजेट हामीले नै काँध हाल्नुपर्ने हो कि ? आफ्नै बोली गलपासो हुने हो कि ? त्यसैले मैले अर्थमन्त्रीलाई सामान्य प्रश्न मात्रै सोध्छु ।’

उनले एमालेका अध्यक्ष ओलीलाई प्रधानसेनापतिको संज्ञा दिँदै बजेटमा स्वामित्व नदिएकोले बजेटको माइबाप नै नभएको जिकिर गरेका थिए।

त्यसको जवाफमा प्रमुख सचेतक बर्तौलाले यो सरकार कसैले चाहेर पनि ढाल्न नसक्ने बताए।

उनले भने, ‘हामीले बजेटमाथि आफ्नो धारणा राख्ने कुनै बिर्को लगाएका छैनौँ। प्रतिपक्षमा बसेका साथीहरूले चिन्ता गर्नुभयो। केही महिनापछि नै बजेट नै आफैँले बोकेर हिँड्नुपर्ने परिस्थिति आइहाल्ला कि त्यस कारण आलोचना नगरौँ प्रश्न मात्रै गरौँ भन्ने कोणबाट पनि कुरा आए। म भन्न चाहन्छु, यो सत्ता समीकरण त्यति कमजोर डोरीबाट बनेको छैन।’

प्रतिक्रिया दिनुहोस