काठमाडौँ । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र जनता समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवबीच भेटवार्ता भएको छ ।
बुधबार दिउँसो ‘विप्लव’ निवास ललितपुर हरिसिद्धिमा उनीहरुबीच भेटवार्ता भएको हो ।
महासचिव ‘विप्लव’सहित सोही पार्टीका प्रवक्ता खड्क बहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई भेट्न अध्यक्ष यादव ‘विप्लव’ निवास पुगेको बताइएको छ ।
भेटवार्तामा पछिल्लो विकसित राजनीतिक घटनाक्रम र समाजवादी मोर्चालाई अगाडि बढाउने विषयमा नेताहरूबिच छलफल भएको बुझिएको छ । जवाफमा यादवले समाजवादी मोर्चा वृहत् र एकताबद्ध बनाउन आफू सकारात्मक रहेको प्रतिक्रिया दिएको बुझिएको छ ।
समाजवादी मोर्चाको संयोजक समेत रहेका ‘विप्लवले हिजो मात्रै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटघाट गरेका थिए ।