काठमाडौँ । अवैध लागूऔषध खैरो हेरोइन सहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बिहार पुर्विया थाना कवास पोष्ट गुडी-१४ का ३० वर्षीय एमडी साहेवजान छन् ।
उनलाई जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाको टोलीले २.८ ग्राम लागूऔषध र २० हजार रुपैयाँ सहित पक्राउ गरेको हो ।
उनलाई खाँदबारी नगरपालिका-१ टुडिखेल बसपार्कबाट बुधबार पक्राउ गरिएको सङ्खुवासभा प्रहरीले जनाएको छ ।