७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एकता र साझा प्रयासबाट बिम्स्टेकका लक्ष्य हासिल गर्न सकिने

अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक)को बडापत्रमा उल्लिखित लक्ष्य तथा उद्देश्य प्राप्तिका लागि सदस्य राष्ट्रबीच एकता हुनुपर्ने बताएका छन् । 

बिम्स्टेक स्थापनाको २७औँ वार्षिकोत्सवका अवसरमा जारी गरिएको सन्देशमा उपप्रधानमन्त्री श्रेष्ठले बिम्स्टेकका लक्ष्य हासिल गर्न तथा सङ्गठनलाई कार्यात्मक परिणाममुखी र जनता केन्द्रित बनाउन साझा प्रयास आवश्यक भएको बताएका छन् । 

प्राकृतिक स्रोत र साधनले भरपूर बिम्स्टेक क्षेत्रले सङ्गठनका माध्यमबाट विकास गरेको भए पनि अझ बढी जन केन्द्रित कार्य गर्न नेतृत्व तहको सामूहिक बुद्धिमता एवं दृष्टिकोण आवश्यक भएको सन्देशमा उपप्रधानमन्त्री श्रेष्ठले उल्लेख गरेका छन् । 

 उनले छैटौँ बिम्स्टेक शिखर सम्मेलनको तयारी भइरहँदा विश्वव्यापी रूपमा थपिएका नयाँ चुनौतीको सामना गर्दै क्षेत्रीय सहयोगलाई अझ सुदृढ बनाउने कार्ययोजना तयार गर्न जरुरी भएको बताएका छन्  ।

सन्देशमा उपप्रधानमन्त्रीले बिम्स्टेक सचिवालयले गरेका कामको प्रशंसा गर्दै बिम्स्टेक बडापत्र लागू भएकामा खुसी व्यक्त गरेका छन् । साथै उनले नेपाल सरकारका तर्फबाट सङ्गठनलाई गतिशील तुल्याउन हर सम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस