९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मकालु वरुण राष्ट्रिय निकुञ्जमा यार्सागुम्बा संकलन सुरु

अ+ अ-

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभाको मकालु वरुण राष्ट्रिय निकुञ्जमा बहुमूल्य जडीबुटी यार्सागुम्बा सङ्कलन सुरु भएको छ ।

मकालु वरुण राष्ट्रिय निकुञ्जमा बहुमूल्य जडीबुटीका रूपमा लिइने यार्सागुम्बा संकलन जेठ २० गतेदेखि सुरु भएको मकालु वरुण राष्ट्रिय निकुञ्जका सूचना अधिकारी स्मृति पहारीले जानकारी दिइन् । सो निकुञ्जमा दुई प्रजातिको यार्सागुम्बा पाइन्छ ।

कार्यालयले सोलुखुम्बुको महाकुलुङ र छेस्काम मध्यवर्ती उपभोक्ता समिति, सङ्खुवासभाको किमाथांका मध्यवर्ती उपभोक्ता समिति, चेपुवा, अरुण वरुण, मकालु, पाथीभरा, सेदुवा, पुखुवा, सिलिचोङ, मांतेवा, ताम्कु, बाला र सिसुवा मध्यवर्ती उपभोक्ता समितिमार्फत पुर्जी दिने व्यवस्था गरेको छ ।

अनुमति लिएका व्यक्ति वा समूहले आगामी असार २० गतेसम्म यार्सागुम्बा संकलन गर्न पाउने सूचना अधिकारी पहारीले बताइन् । यार्सागुम्बा मकालु, भोटखोला र सिलिचोङ गाउँपालिका क्षेत्रको मकालु वरुण निकुञ्जलगायत ठाउँमा पाइन्छ । यार्सागुम्बा उच्च हिमाली क्षेत्रका बान्सिदाको मुख्य आम्दानीको स्रोत हो  

यार्सागुम्बा संकलनका लागि निकुञ्ज कार्यालयले मध्यवर्ती क्षेत्रभित्रका स्थानीयलाई रु पाँच, मध्यवर्ती क्षेत्र सङ्खुवासभा र सोलुखुम्बुको उपभोक्ताका लागि रु. दुई हजार र जिल्ला बाहिरका व्यक्तिका लागि रु. तीन हजार प्रवेश शुल्क तोकेको छ ।

गुणस्तरका आधारमा पहिलो नम्बरको यार्सागुम्बा प्रतिकेजी रु. ४० लाखसम्ममा बिक्री हुने गरे पनि सङ्खुवासभामा यार्सागुम्बाप्रति केजी रु. पाँच लाख ५० हजारदेखि रु. सात लाख ५० हजारसम्ममा किनबेच हुने गरेको व्यापारीको भनाइ छ । 

संकलन गरिएको यार्सागुम्बा चीनको तिब्बती तथा काठमाडौँमा बढी निकासी हुने गरेको छ । निकुञ्ज सङ्खुवासभा र सोलुखुम्बुको एक हजार पाँच सय वर्गकिलोमिटरमा फैलिएको छ । 

प्रतिक्रिया दिनुहोस