कर्णाली । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम पारित भएको छ । प्रदेश सभाको चौथो अधिवेशनको आजको नवौँ बैठकबाट नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।
चार दिनको छलफलपछि आज प्रदेशसभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित भएको सभामुख नन्दा गुरुङले घोषणा गरे । उक्त नीति तथा कार्यक्रमको छलफलमा २५ सदस्यहरूले भाग लिएका थिए। उनीहरूले नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा सरकारले जोड दिनुपर्ने सुझाव दिएका थिए ।
प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सभा सदस्यहरूबाट आएका सुझाव सकारात्मक रहेको बताउँदै प्राप्त सुझावलाई नीति तथा कार्यक्रममा समावेश गरिने जनाए । यही जेठ २३ कर्णाली प्रदेश प्रमुख तिलक परियारले आगामी आव २०८१/८२ का लागि ८४ बुँदे नीति तथा कार्यक्रम सभामा प्रस्तुत गरेका थिए ।