काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले रुपन्देहीका पत्रकार कमल रायमाझीलाई प्रेस सल्लाहकारमा नियुक्त गरेका छन् ।
प्रेस सेन्टरका नेता रहेका रायमाझीलाई सो जिम्मेवारी दिन नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले केही समयअघि मुख्यमन्त्री महरालाई सिफारिस गरेका थिए ।
रायमाझीले आफूले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जिम्मेवारी पाएसँगै पत्रकारहरूका लागि सूचनामा सहजीकरण गर्ने प्रतिबद्धता जनाएका छन् ।