७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नियुक्तिअघि विदेशी नागरिक हो कि होइन यकिन गर्न सरकारलाई अख्तियारको पत्र

अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी नियुक्ति गर्नुअघि कुनै व्यक्ति विदेशी नागरिक हो कि होइन भन्ने यकिन गर्न भनेको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसँग अमेरिकाको स्थायी आवास अनुमति (पिआर) रहेको खुलेसँगै अन्य व्यक्तिको हकमा पनि सो दोहोरिन सक्ने भन्दै आयोगले सरकारलाई एकिन गरेर मात्र नियुक्त गर्न भनेको हो ।

१० वैशाखमा अख्तियारका सचिव रामेश्वर दंगालले मुख्यसचिव वैकुण्ठ अर्याललाई पत्र लेखेर सार्वजनिक पदमा नियुक्तिअघि विदेशी नागरिकता वा आवासीय अनुमति पत्र लिए-नलिएको यकिन गर्न भनेका छन् ।

‘नेपाल सरकारबाट नियुक्ति हुनुपर्ने व्यक्तिको हकमा नेपाल सरकार(मन्त्रिपरिषद्) मा प्रस्ताव पेश गर्दाका बखत त्यस्ता व्यक्तिले विदेशी नागरिकता वा आवासीय अनुमति पत्र लिए–नलिएको यकिन गर्न निज व्यक्ति स्वयंले सो बारे गरेको घोषणा अनिवार्य रूपमा पेश गर्न लगाउने र अन्य सार्वजनिक निकायको हकमा पनि सोही बमोजिम कानुनी व्यवस्था गर्नेरगराउने व्यवस्था गर्न नेपाल सरकारका मुख्य सचिवमार्फत सबै निकायमा निर्देशन हुन सुझाव लेखी पठाउनु हुन अनुरोध छ’, अख्तियारको पत्रमा भनिएको छ ।

पछिल्लो समय सरकारी जागिरेमै रहेका कतिपय कर्मचारीहरूको नै आवासीय अनुमति पत्र रहेको चर्चा हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस