८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहकारी घोटालाका आरोपित ७ जनालाई कारागार चलान

अ+ अ-

काठमाडौँ । कावासोतीस्थित छिपछिपे सहकारी संस्थामा भएको १६ करोड ५८ लाख घोटालाका आरोपित ७ जनालाई सोमवार कारागार चलान गरिएको छ । अदालतको आदेशपछि प्रहरी हिरासतमा रहेका उनीहरूलाई भरतपुर कारागार पठाएको हो ।

पूर्वी नवलपरासी प्रहरीका अनुसार अदालतको आदेश अनुसार पुर्पक्षका लागि थुनामा राख्न पर्ने ७ जनालाई सोमवार बिहान भरतपुर कारागार चलान गरिएको हो ।

पूर्वी नवलपरासीमा कारागार नभएका कारण उनीहरूलाई छिमेकी जिल्ला चितवनको भरतपुर कारागार पठाइएको हो । जिल्ला विभाजनपछि पूर्वी नवलपरासीमा कारागार छैन । यहाँका थुनुवालाई नजिकको चितवन कारागार पठाउने गरिएको छ ।

न्यायाधीश कुलप्रसाद पाण्डेको इजलासले उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । सहकारीको रकम हिनामिना गरेको अभियोगमा पक्राउ परेका व्यवस्थापक योगेन्द्र पाण्डे, नगेन्द्र बहादुर रिमाल, संजिवकुमार महतो, कृष्ण प्रसाद ज्ञवाली, ढुण्डिराज गौतम, विकास सापकोटा र शिवलाल लामिछानेलाई कारागार चलान गरिएको हो ।

उनीहरू रकम हिनामिनाको आरोपमा २ महिना अघि पक्राउ परेका हुन् । सहकारीको रकम हिनामिनाको अभियोगमा प्रहरीले विपक्षी बनाएर मुद्दा दायर गरेका हालका अध्यक्ष गोपीकृष्ण शर्मा, सुनिता कुमारी न्यौपाने जनही २ लाख ५० हजार धरौटीमा छुटेका छन् । त्यसैगरी तीर्थराज कैनीले १० लाख धरौटी बुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस