१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारी व्यवस्थापन गरी केन्द्रीय तहसिल कार्यालयको काम प्रभावकारी बनाउन निर्देशन

अ+ अ-

काठमाडौँ । संघीय प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिले सरकारी बेरुजु फर्छ्यौट तथा सरकारी बाँकी सरह असुलउपर गर्ने काम प्रभावकारी नभएकाले कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयको काम प्रभावकारी बनाउन निर्देशन दिएको छ ।

बेरुजु फर्छ्यौटको अवस्था र समस्या समाधानका लागि अर्थ मन्त्रालय, महालेखापरीक्षकको कार्यालय र कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयसँग समितिले आज छलफल गरेको थियो ।

सोमबारको छलफल तथा बैठकमा बेरुजु फर्छ्यौट र सरकारी बाँकीसरह असुलउपर गर्नुपर्ने रकम असुल गर्न देखिएका समस्या समाधानका लागि निर्देशन दिएको समितिका सभापति ऋषिकेश पोखरेलले जानकारी दिए ।

बैठकले कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयमा राजपत्राङ्कित प्रथम श्रेणीको कर्मचारी कार्यालय प्रमुख हुने गरी व्यवस्थापन गर्न र आवश्यक पर्ने जनशक्ति थप गरी तत्काल सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न–गराउन निर्देशन दिएको छ ।

बेरुजु फर्छ्यौट समितिको सचिवालयको रुपासमेत केन्द्रीय तहसिल कार्यालयले काम गर्ने भएकाले उक्त समितिमा रहने सदस्य शीघ्र तोक्न र समितिको कार्यालय तत्काल व्यवस्थापन गर्न समितिले निर्देशन दिएको हो । असुलउपर गर्नुपर्ने पुराना अभिलेख सुरक्षित राख्नुपर्ने र कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालय भाडामा रहेकोले यस्ता अभिलेख संरक्षण गर्न चुनौती हुने समितिले जनाएको छ । कार्यालयलाई शीघ्र सरकारी खाली भवन उपलब्ध गराउनसमेत समितिले सरकारलाई निर्देशन दिएको छ ।

समितिको सोमबारको बैठकले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भइसक्दासमेत सञ्चालनमा आउन नसकेको तथा निर्माण पक्षमा त्रुटि रहेको भन्ने विषयमा दुई वटा टोली बनाइ अध्ययन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस