७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१० महिनामा विदेश पढ्न जानेले खर्च गरे १ खर्ब

अ+ अ-

काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनामा वैदेशिक अध्ययनमा जानेले १ खर्ब नेपाली रुपैयाँभन्दा धेरैको विदेशी मुद्रा सटही गरेका छन् ।

वैदेशिक अध्ययनमा जानेले गर्ने खर्च रकमसँगै भ्रमण व्यय गत वर्षको तुलनामा ४४ अर्बभन्दा धेरैले वृद्धि हुँदा पनि खुद सेवा आय घाटा घटेको छ ।

नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले प्रकाशित गरेको चालु आर्थिक वर्षको १० महिनाको आर्थिक तथा वित्तीय अवस्था सम्बन्धी प्रतिवेदन अनुसार खुद सेवा आय ५१ अर्ब ९२ करोडले घाटामा रहेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा खुद सेवा आय ६५ अर्ब ८८ करोडले घाटामा रहेको थियो । राष्ट्र बैंकसँग सूचना प्रविधि निर्यात मार्फत हुने आयको यकिन तथ्यांक नभए पनि सूचना प्रविधि निर्यातमा भएको वृद्धिदर पर्यटन आय उल्लेख्य रुपमा वृद्धि हुँदा खुद सेवा आय घटेको हो ।

सेवा खाता अन्तर्गत चालु आवको वैशाखसम्म भ्रमण आय ३५.१ प्रतिशतले वृद्धि भई ६९ अर्ब ४१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ५१ अर्ब ३७ करोड रहेको थियो ।

यस अवधिमा शिक्षा क्षेत्रमा भएको खर्चमा उच्च वृद्धि हुँदा सेवा खाता अन्तर्गत भ्रमण व्यय ३९.५ प्रतिशतले बढेर १ खर्ब ५६ अर्ब ९५ करोड पुगेको छ । यसमध्ये शिक्षातर्फको व्यय मात्रै १ खर्ब ४ अर्ब २५ करोड पुगेको छ ।

गत आवको सोही अवधिमा भ्रमण व्यय १ खर्ब १२ अर्ब  ५२ करोड थियो भने शिक्षातर्फको ७५ करोड १४ लाख रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस