काठमाडौँ । स्टार्टअप उद्यम कर्जा पाउने १८३ वटा परियोजनाहरूका लागि कर्जा प्रवाह हुने बैंकको शाखा तोकिएको छ ।
औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले सोमबार सूचना जारी गरी कर्जाका लागि सिफारिस भएका परियोजनाहरूले सम्पर्क गर्ने राष्ट्रिय वाणिज्य बैंकका शाखा कार्यालयहरू तोकिएको जानकारी गराएको हो । प्रतिष्ठानका अनुसार तोकिएको बैंक शाखामा आधिकारिक व्यक्तिले नै सम्पर्क गर्नुपर्ने छ ।
‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८० बमोजिम स्टार्टअप उद्यम कर्जा प्रवाहका लागि सिफारिस भएका तपसिल बमोजिमका परियोजना प्रस्तावहरूलाई तपसिलमा उल्लेख भएका राष्ट्रिय वाणिज्य बैङ्कको शाखा कार्यालयबाट कर्जा प्रवाह हुने हुँदा उक्त शाखा कार्यालयमा निम्नअनुसारको कागजपत्रसहित आधिकारिक व्यक्तिले सम्पर्क गर्नु हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, प्रतिष्ठानको सूचनामा भनिएको छ ।
व्यवसाय दर्ता र नवीकरणको सक्कल प्रमाणपत्र, प्यान भ्याट दर्ताको सक्कल प्रमाणपत्र, नागरिकताको सक्कल प्रमाणपत्र, आ.व. २०७९/८० को करचुक्ताको प्रमाणपत्र, आधिकारिक व्यक्तिको पासपोर्ट साइजको फोटो (३ प्रति) र फर्म वा कम्पनीको छापसहित बैंकको शाखामा सम्पर्क गर्नुपर्ने प्रतिष्ठानको सूचनामा उल्लेख छ ।
कर्जाका लागि सिफारिस भएका परियोजनाहरूले सम्पर्क गर्ने बैंकका शाखा कार्यालयहरुः
सम्बन्धित समाचार : १८३ स्टार्टअपलाई सहुलियत कर्जा सुनिश्चित, के के चाहिन्छ कागजात ?