८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘एकद्वार सङ्कट व्यवस्थापन केन्द्र’को राष्ट्रिय सम्मेलन गर्दै स्वास्थ्य मन्त्रालय 

अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पतालमा आधारित ‘एकद्वार सङ्कट व्यवस्थापन केन्द्र’ को राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ । 

मन्त्रालयको लैङ्गिक समानता तथा सामाजीकरण समावेशी शाखाका प्रमुख रोशनीदेवी कार्कीले आगामी भदौ महिनामा सम्मेलन गर्ने तयारी गरिएको र त्यसबारे आज सरोकारवालाबाट सुझाव संकलन गरिएको बताए । 

सम्मेलनमा सरकारी अधिकारी, घरेलु हिंसासम्बन्धी काम गर्ने गैरसरकारी संस्था, लैङ्गिक हिंसामा परेका व्यक्ति गरी करिब तीन सय जनाको सहभागी हुने कार्कीले जानकारी दिए। 

“मुलुक सङ्घीयता गइसकेपछि पनि लैङ्गिक हिंसा व्यवस्थापन संघले नै गर्नुपर्छ भन्ने बुझाइ छ । यो सम्मेलनमार्फत अब लैङ्गिक हिंसा व्यवस्थापन संघको मात्र नभई प्रदेश र विशेष गरी स्थानीय तहको हो भन्नेबारेमा साझा बुझाइ बनाउन सघाउ पुग्ने छ”, उनले भने । 

केन्द्रमा आर्थिक वर्ष २०८०/८१ मा १० हजार पाँच सय ३३ लैङ्गिक हिंसामा परेकाको व्यक्तिको उपचार गरिएको तथ्याङ्क छ । तीमध्ये पाँच सय ७१ पुरुषले रहेका छन् । यसैगरी केन्द्रमा बलात्कारपीडित एक हजार सात सय ५४ जना, यौनहिंसा पीडित एक हजार दुई सय ९६ र शारीरिक हिंसा दुई हजार आठ सय ९७ जना र जबरजस्ती विवाहबाट पीडित चार सय ९४ जना रहेका छन् । 

मन्त्रालयले केन्द्रबाट प्रदान गर्ने सेवा प्रभावकारिताबारे जानकारी दिन सम्मेलन आयोजन लागेको हो । घरेलु हिंसामा परेका व्यक्तिको उपचारका लागि देशभरका ९४ अस्पतालमा केन्द्र स्थापना गरिएका छन् । केन्द्रले लैङ्गिक हिंसामा परेका बिरामीलाई स्वास्थ्य तथा चिकित्सकीय कानुनी सेवा, मनोसामाजिक परामर्श सेवा, सुरक्षा, सुरक्षित आवास गृह तथा पुनःस्थापना, शिक्षा तथा सशक्तीकरण र घरायासी पुनःमिलन गराउनेलगायतका कार्य गरिरहेका छन् । 

प्रतिक्रिया दिनुहोस