१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एकीकृत समाजवादीले सर्वसम्मतिमा नेतृत्व चयन गर्ने

अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीको आसन्न १०औँ राष्ट्रिय महाधिवेशनले  सर्वसम्मतिबाट नेतृत्व चयन गर्ने बताएका छन् ।

पार्टीको गण्डकी प्रदेश कमिटीको नवौँ पूर्ण बैठकलाई आज पोखरामा सम्बोधन गर्दै उनले महाधिवेशनका लागि एउटै दस्तावेज आएको र नेतृत्व पनि सर्वसम्मत रूपमा चयन गरिने र सर्वसम्मतका लागि आफू बाधक नबन्ने बताए । 

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को आगामी असार १६ देखि काठमाडौँमा राष्ट्रिय महाधिवेशन हुँदैछ । अध्यक्ष नेपालले भने, “पार्टीको तल्ला कमिटी तथा सात वटै प्रदेश कमिटीहरूले सर्वसम्मत नेतृत्व चयन गर्न नेताहरूलाई आग्रह गरेका छन् । हामी कार्यकर्ताहरूको भावना अनुसार सर्वसम्मत रूपमा नेतृत्व चयन गर्नेछौँ ।”

अध्यक्ष नेपालले मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको कार्यक्रमको सान्दर्भिकता अझै पनि उत्तिकै रहेको बताए । “कम्युनिष्ट पार्टीभित्र लोकतान्त्रिक प्रतिस्पर्धा हुने, कामको श्रेष्ठताको आधारमा नेतृत्वमा पुग्ने लगायतका विषय सान्दर्भिक छन् । जवज पार्टीको कार्यक्रम हो । ”अध्यक्ष नेपालले भने ।

अध्यक्ष नेपालले सबै राजनीतिक पार्टीको अवस्था उस्तै रहेकाले उच्च मनोबलका साथ गण्डकी प्रदेशमा पार्टीको काममा लाग्न नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरे ।

बैठकमा पार्टी स्थायी कमिटीका सदस्य तथा गण्डकीका इन्चार्ज तुल बहादुर गुरुङ, पार्टी गण्डकी प्रदेशका अध्यक्ष श्रीनाथ बराल, केन्द्रीय सदस्य एवं पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले मजबुत पार्टी निर्माणका लागि सङ्गठन विस्तारमा जोड दिनुपर्ने बताएका थिए । 

प्रतिक्रिया दिनुहोस