९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जलन पीडितप्रति सरकारले अमानवीयता देखायो : विन्दवासिनी कंसाकार

अ+ अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विन्दवासिनी कंसाकारले जलन पीडितलाई सरकारले बजेटमा नसमेटेर अमानवीयता भएको बताएकी छन् ।

बुधबार प्रतिनिधि सभा बैठकमा शहरी विकास, रक्षा, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, कानून, संघीय मामिला मन्त्रालयको विनियोजन विधेयक माथिको छलफलमा बोल्दै उनले यस्तो बताएकी हुन् ।

उनले भनिन्, ‘अहिलेसम्म सरकारले आँखा चिप्लेर अमानवीय पीडालाई सम्बोधन नगर्ने ? काठमाडौँ केन्द्रित स्वास्थ्य उपचारबाट कहिले बाहिर निस्कने ? यस्तो संवेदनशील विषय बजेटमा नसमेट्नु लज्जास्पद मात्रै नभएर अमानवीयता हो ।’

उनले सरकारले बजेटमा जलनमा परेका हजारौँ नागरिक अन्देखा गरेको कारण सम्पूर्ण जलन पीडितको तर्फबाट खेद प्रकट समेत गरिन् ।  ‘सरकारले जलनमा परेका हजारौँ नागरिक अन्देखा गरेको कारण सम्पूर्ण जलन पीडितको तर्फबाट खेद प्रकट गर्दछु।  ‘ उनले भनिन् ।

उनले जलनबाट घाइते हुनेहरूको सख्या हेर्ने हो भने जलनबाट पीडित हुनेमा महिला बालबालिका तथा ज्येष्ठ नागरिकको सख्या धेरै हुँदा पनि मन्त्रालयले प्राथमिकतामा नराखेको भन्दै असन्तुष्टि जनाइन् ।

उनले जलन मानवको सृष्टिसँग  सुरु भएको परम्परागत दुर्घटना भएको भन्दै केही अपराधमार्फत हुने भए पनि अधिकांश जलन दुर्घटनाबाट हुने गरेको बताइन् । उनले आफैले जलनको पीडा भोगेकाले त्यसको पीडा शब्दमा वर्णन गर्न नसक्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस