काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर १६ माछापोखरीमा रहेको मेगाड्रिम सहकारीको करोडौँ रकम अपचलन प्रकरणमा अदालतले तीन जनालाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको छ।
बुधबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दुर्गा खड्काको इजलासले पक्राउ परेका चार जना मध्ये तीन जनालाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको हो।
उपाध्यक्ष वासुदेव भट्ट, सचिव इन्द्रप्रसाद गेलाल र संयोजक उमाकान्त न्यौपाने पुर्पक्षको लागि थुनामा पठाइएका हुन्।
अदालतका अनुसार सहकारीका सदस्य रहेका शरदकुमार अधिकारीसँग भने धरौटी माग गरेको छ। उनीसँग ७ लाख धरौटी माग गरेको छ।