१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुई चरणमा कर्मचारी खटाएर राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन गरिँदै

अ+ अ-

भद्रपुर (झापा) । झापामा राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको चाप बढेपछि विवरण सङ्कलनको काम दैनिक दुई चरणमा गर्न थालिएको छ । दैनिक बिहान ७ बजेदेखि विवरण सङ्कलन गर्ने गरिएको छ । 

कर्मचारीलाई बिहान र दिउँसो गरी दुई चरणमा काममा खटाई राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन र वितरण थालेको प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्ताेलाले जानकारी दिए । उनका अनुसार दैनिक तीन सयदेखि चार सय जनाको राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन गर्ने काम भइरहेको छ । 

“दैनिक एक सयको हाराहारीमा राष्ट्रिय परिचयपत्र वितरण गर्ने काम भइरहेको छ । बिहान ७ बजेदेखि नै टोकन वितरण गर्छौँ, सेवा प्रवाहमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकतामा राखेका छौँ”, प्रजिअ बाँस्तोलाले भने ।

यसअघि जिल्ला प्रशासन कार्यालयले वडास्तरमा अभियानकै रूपमा बुद्धशान्ति गाउँपालिका, बाह्रदशी गाउँपालिका, झापा गाउँपालिका, भद्रपुर नगरपालिका र अर्जुनधारा नगरपालिकामा ७३ हजार सात सय ८१ जनालाई राष्ट्रिय परिचयपत्र वितरण गरिसकेको छ । अहिले मेचीनगर नगरपालिकामा वडास्तरमै अभियानको रूपमा राष्ट्रिय परिचयपत्र वितरण भइरहेको प्रजिअ बाँस्तोलाले बताए । 

राष्ट्रिय परिचयपत्र वितरण गर्न बाँकी रहेका स्थानीय तहमा वितरण गर्ने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । स्थानीय तहमा वितरण गर्दा फिर्ता आएका परिचयपत्र जिल्ला प्रशासन कार्यालयबाट वितरण भइरहेको छ । आगामी आर्थिक वर्ष २०८१/८२ देखि सामाजिक सुरक्षालगायत विभिन्न सरकारी सुविधा प्राप्त गर्नका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि देशभरका जिल्ला प्रशासन कार्यकालमा सेवाग्राहीको चाप बढेको छ । 

प्रतिक्रिया दिनुहोस