१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लुम्बिनीका मुख्यमन्त्री र संयुक्त राष्ट्रसंघका प्रतिनिधिबीच भेटवार्ता

अ+ अ-

काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरा र संयुक्त राष्ट्रसंघका आवासीय संयोजक हान्ना सिंगर हेम्डीबीच भेटवार्ता भएको छ ।

मुख्यमन्त्री कार्यालय दाङ देउखुरीमा भएको भेटवार्तामा मुख्यमन्त्री महराले संयुक्त राष्ट्रसंघले नेपालमा गरेका कार्यक्रमहरू प्रशंसनीय रहेको बताए ।

नेपालको शान्ति प्रक्रियामा अनमिनले महत्त्वपूर्ण भूमिका खेलेको भन्दै महराले दिगो विकासमा संयुक्त राष्ट्रसंघले गरेका कार्यक्रमहरू सन्तोषजनक रहेको जानकारी बताएका थिए ।

लुम्बिनी प्रदेश सरकारले प्रविधिको माध्यमबाट कृषि, स्वास्थ्य, शिक्षा, रोजगार, पूर्वाधार र सांस्कृतिक क्षेत्रमा विकास गर्न खोजेको भन्दै मुख्यमन्त्री महराले सहयोगको अपेक्षा गरे ।

उनले नेपालका भूमिहीन, सुकुमबासी र असहायको पक्षमा प्रदेश सरकारले आफ्ना नीति तथा कार्यक्रमबाट सम्बोधन गर्ने प्रयास गरेको भन्दै सहकार्यका लागि संयुक्त राष्ट्रसंघलाई आग्रह गरे ।

लुम्बिनी प्रदेशका १०९ स्थानीय तहमा वातावरणमैत्री र हरियालीयुक्त आधुनिक सहरको योजना निर्माणमा प्रदेश सरकार संयुक्त राष्ट्रसंघसँग सहकार्य गर्न इच्छुक रहेको महराले बताए ।

आवासीय संयोजक हान्ना सिंगर हेम्डीले संयुक्त राष्ट्र संघको शान्ति मिसनमा नेपाली सैनिकको मूल्याङ्कन उच्च रहेको भन्दै नेपाली महिला सैनिकहरूको सहभागिताको पनि प्रशंसा गरिन् ।

उनले सीमान्तकृत समुदाय, भूमिहीन, मुक्त कमैया र सुकुमबासीका विषयमा नेपालको संविधान विश्वमा उत्कृष्ट रहेको भन्दै उनीहरूको जीवनस्तर माथि उकास्नका लागि प्रदेश सरकारले प्रभावकारी काम गर्नुपर्ने सुझाव दिइन् ।

संविधानको मर्मअनुसार भूमि आयोगले सीमान्तकृत समुदाय, भूमिहीन, मुक्त कमैया र सुकुम्बासीका पक्षमा काम गरोस् भन्ने पक्षमा संयुक्त राष्ट्रसंघ रहेको हेम्डीले बताइन् ।

अति कम विकसितबाट विकासशील मुलुकमा स्तरोन्नति हुने क्रममा नेपालले प्रशंसायोग्य प्रगति गरेको भन्दै संयोजक हेम्डीले विकासका लागि वित्त परिचालन, जलवायु, सुशासन र सामाजिक सेवामा क्षमता अभिवृद्धि गर्नमा संयुक्त राष्ट्रसंघका एजेन्सीहरूले नेपाललाई सहयोग गर्ने जानकारी दिइन् ।

लुम्बिनी प्रदेशको सांस्कृतिक धरोहरको रूपमा रहेको बुद्ध जन्मस्थल लुम्बिनी संयुक्त राष्ट्रसंघको प्राथमिकतामा रहेको भन्दै हेम्डीले विश्व सम्पदा सूचीमा सूचिकृत लुम्बिनीको थप विकासमा सबैको सहकार्यको आवश्यकता रहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस