काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले मन्त्रालय सम्हालेको सय दिनको उपलब्धिसँगै आगामी कार्य योजना सार्वजनिक गरेका छन् ।
मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले मन्त्रालय सम्हालेको सय दिनमा भए गरेका १०१ बुँदे उपलब्धिसँगै आगामी दिनमा गर्ने १६ बुँदे कार्य योजना पनि सार्वजनिक गरेका हुन् ।
जसमा भूमि व्यवस्थापनतर्फ ६१ बुँदे, सहकारीतर्फ ३२ बुँदे र गरिबी निवारणतर्फ आठ बुँदे उपलब्धि सार्वजनिक गरेका छन् ।
आगामी कार्य योजनामा भूमि व्यवस्थापनतर्फ ११ बुँदे, सहकारीतर्फ तीन बुँदे र गरिबी निवारणतर्फ दुई बुँदे कार्य योजना सार्वजनिक गरेका छन् ।
पूर्णपाठ :