७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घरेलु टोली जर्मनीको स्कटल्यान्डविरुद्ध सहज जित  

अ+ अ-

काठमाडौँ । १७औं संस्करणको यूइएफए यूरोकप २०२४ अन्तर्गत उद्घाटन खेलमा आयोजक राष्ट्र जर्मनीले स्कटल्यान्डिवरुद्ध सहज जित हासिल गरेको छ । जर्मनीको म्युनिखस्थित एलिएन्ज एरेना रंगशालामा सम्पन्न खेलमा घरेलु टोलीले स्कटल्यान्डविरुद्ध ५–१ को सहज जित हासिल गर्दै विजयी सुरुआत गरेको हो ।

जर्मनीका लागि फ्लोरियन विर्ट्जले खेलको दसैँ मिनेटमा गोल गर्दै शुरुआती अग्रता दिलाएका थिए । 

१९औं मिनेटमा जमल मुसियालाको गोलमा जर्मनीले अग्रता दोब्बर बनायो। पहिलो हाफको अतिरिक्त समयमा प्राप्त पेनाल्टीलाई काई हावर्ट्ज गोलमा परिणत गर्दै जर्मनीलाई पहिलो हाफमै ३–० को आरामदायी अग्रता दिलाए ।

त्यसअघि खेलको २५औँ मिनेटमा जमललाई स्कटल्यान्डका खेलाडीले फल गरेका थिए । म्याच रेफ्रीले उक्त फललाई पेनाल्टीको अवसर दिएका थिए तर, भिडियो सहायक रेफ्ररी (भिएआर)को सायतामार्फ उक्त पेनाल्टीले मान्यता पाएन ।

४४औँ मिनेटमा स्कटल्यान्ड १० खेलाडीमा समेटिएको छ । उसका रायन पोर्टियसले रातो कार्ड ब्यहोरेका थिए । 

पहिलो हाफम ३–० को अग्रता बनाएको जर्मनीले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो ।६८औं मिनेटमा निक्लास फुइलक्रगले गोल गरेपछि खेलमा जर्मनी ४–० ले अघि बढ्यो। ८७औं मिनेटमा स्कटल्यान्डले उपहार गोल पायो ।

जर्मनी एन्टोनियो रुडिगरले आफ्नै पोस्टमा गोल गरे। स्कटल्यान्डका लागि रुडिगरले गरेको उक्त गोल सान्त्वना बन्यो । 

अतिरिक्त समयको तेस्रो मिनेटमा एमरे क्यानको गोलमा जर्मनी ५–१ ले विजयी भयो । त्यसपछि बाँकी समय थप गोल नहुँदा जर्मनी ५–१ ले विजयी भयो ।

जितसँगै समूह ’ए’ मा रहेको आयोजक जर्मनी तीन अंक जोड्दै प्रतियोगिता सुखद सुरुआत गरेको छ । यता, स्कटल्यान्डले भने पराजयबाट प्रतियोगिताको सुरुआत गरेको छ । 

जर्मनी अब आफ्नो दोस्रो खेलमा जुन १९ मा हंगेरीविरुद्ध खेल्नेछ भने स्कटल्यान्डले २० जुनमा स्विट्जरल्यान्डको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस