काठमाडौँ । आज सुनको मूल्य ६ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य एक लाख ४२ हजार आठ सय निर्धारण भएको छ ।
छापावाला सुन गत शुक्रबार तोलामा रु एक लाख ४१ हजार दुई सयमा कारोबार भएको थियो । तेजाबी सुन भने एक लाख ४२ हजार एक सय निर्धारण भएको छ ।
यस्तै आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी शुक्रबार प्रतितोला रु एक हजार आठ सयमा कारोबार भएको थियो ।