१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारीहरूको क्षमता वृद्धिमा देखिएका समस्या हल गर्न ठोस नीति बनाउन आग्रह 

अ+ अ-

काठमाडौँ। नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संघीयता कार्यान्वयनमा ठिक ढंगले समन्वय हुन नसकेको बताएका छन् ।

आइतबार विनियोजन विधेयक, २०८१ को विभिन्न शीर्षकहरूमाथि जारी छलफल अन्तर्गत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, अर्थ मन्त्रालयमाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।

उनले संघीय स्तर कार्यालय समन्वय नगरिरहेको अवाज उठ्न थालेको भन्दै समयमा नै ध्यान केन्द्रित गर्न आग्रह गरे । उनले तीन करोड भन्दा मुनिका सबै योजना कार्यान्वयनको लागि प्रदेश र स्थानीय तहलाई जिम्मा दिन आग्रह गरे ।

‘संघीय स्तर कार्यालय समन्वय नगरिरहेको अवाज आइरहेको छ । म यसतर्फ सरकारको ध्यानाकर्षण गराउँछु,’ उनले भने, ‘तीन करोड भन्दा मुनिका सबै योजना कार्यान्वयनको लागि जसरी सम्माननीय प्रधानमन्त्रीज्युले भन्नुभएको थियो यहाँ बहस पनि उठेको छ । त्यो भन्दा मुनिका जति पनि योजनाहरू यहाँ किताबमा छन् । ती सबै प्रदेश र स्थानीय तहलाई कार्यान्वयनका लागि दिऔँ।’

उनले कर्मचारीहरूको वृत्ति विकास, तालिम र क्षमता वृद्धिमा देखिएका समस्या हल गर्न व्यापक छलफल गरी ठोस नीति तय गर्न आग्रह गरे । उनले भने, ‘कर्मचारीहरूको वृत्ति विकास, तालिम र क्षमता वृद्धिमा देखिएका समस्या हल गर्न व्यापक छलफल गरी ठोस नीति तय गरौँ । तिनलाई कार्यान्वयनका लागि दृढ बनौँ ।’

प्रमुख सचेतक पाण्डेले सिँचाइ प्रणालीलाई पाइपमार्फत समेत अघि बढाउन र आधुनिक प्रविधि भित्र्याउन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस