काठमाडौँ । संवैधानिक परिषद्को बैठक केहीबेरमा बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।
संवैधानिक निकायमा रिक्त रहेका पदाधिकारी नियुक्तिको सम्बन्धमा बैठक बस्न लागेको बताइएको छ ।
प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने परिषद् बैठकमा प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रधान न्यायाधीश, प्रमुख प्रतिपक्षी दलका नेता र उपसभामुख सदस्य रहेका छन् ।