९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रंगशाला सञ्चालन सम्बन्धी कार्यविधिको मस्यौदा तयार : मन्त्री श्रेष्ठ

अ+ अ-

काठमाडौँ । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले देशभरका रंगशालाहरुको व्यवस्थापनलाई मध्यनजर गरी रंगशाला सञ्चालन सम्बन्धी कार्यविधिको मस्यौदा तयार गरिएको बताएका छन् । आइतबार सय दिने कार्यप्रगति विवरण सार्वजनिक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

मन्त्री श्रेष्ठले खेलकुदमा विविध क्षेत्रको ज्ञान तथा क्षमतालाई अवसर प्रदान गर्न तथा अन्तर्राष्ट्रिय पारा ओलम्पिकको मान्यता अनुरूप विकास गर्दै लैजाने उद्देश्यले यस वर्ष कर्णाली प्रदेशको सुर्खेतमा प्रथम पारा राष्ट्रिय प्रतियोगिता आयोजना गरिने बताए ।

 उनले खेलाडीहरूलाई खेलमैदानसँग जोडिरहन र खेलकुद प्रतियोगिताका कार्यक्रमलाई पारदर्शी तथा योजनाबद्ध बनाउन राष्ट्रिय खेलकुद परिषद् तथा राष्ट्रिय खेल संघद्वारा वर्षभरमा सञ्चालन गरिने खेलकुद प्रतियोगिताहरूको आर्थिक वर्ष २०८१/८२ को वार्षिक क्यालेण्डर सार्वजनिक गरेको बताए । 

मन्त्री श्रेष्ठले कतारका अमिर नेपाल भ्रमणको अवसरमा नेपाल सरकार र कतार सरकारबिच भएको द्विपक्षीय समझदारीपत्रमा युवा तथा खेलकुदका क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको बताए । नेपाल स्काउटको जग्गा भाडामा लिनेरदिनेबारे भएको सम्झौता र त्यस सम्बन्धमा उच्च अदालत पाटनको फैसला कार्यान्वयनको सम्बन्धमा छानबिन समिति गठन गरी प्राप्त प्रतिवेदनको आधारमा नेपाल स्काउटको जग्गाको संरक्षण तथा अनधिकृत उपयोग गरेको संरचना नियमसंगत उपयोग गर्न कानुनी व्यवस्थाको कार्यान्वयन गर्न गराउन गृह मन्त्रालयको सहयोगमा सिलबन्दी गरिएको बताए । 

मन्त्री श्रेष्ठले सहभागितामूलक नीति निर्माणको अवधारणा अनुरूप राष्ट्रिय खेलकुद नीति, र राष्ट्रिय युवा नीतिको मस्यौदा उपर प्रदेशस्तरमा राय सुझाव सङ्कलन गरिएको र दुवै नीतिलाई अन्तिम रूप दिने क्रममा रहेको बताए । नेपाली खेल क्षेत्रलाई स्वस्थ र स्वच्छ राख राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ बमोजिम गठन भएको राष्ट्रिय एन्टीडोपिङ एजेन्सीलाई पूर्णता दिई क्रियाशील बनाइएको उनले जानकारी गराए ।  

मन्त्री श्रेष्ठले अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सम्भावना भएका खेलहरूलाई मध्यनजर गरी खेलकुद पूर्वाधार विकासका लागि मुलपानी क्रिकेट रंगाशालाको डिपिआर तयार गरिएको र कीर्तिपुर क्रिकेट रंगशालामा स्कोर बोर्ड राख्ने सम्झौता भएको तथा फ्लड लाइटको खरिद प्रक्रिया अगाडि बढाइएको बताए । 

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा विश्व जगतमा लोकप्रिय हुँदै गएको सूचना प्रविधिको प्रयोग गरी खेलिने खेललाई खेलकुद क्षेत्रमा समेट्ने गरी इ-स्पोर्ट खेलको प्रवर्द्धन गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्ने, युवा तथा साना व्यवसायी स्वरोजगार कोषमार्फत १ हजार ४ सय ९४ जना कर्जा लगानी तथा स्वरोजगार सिर्जना भएको र १ हजार ४०१ जनाका लागि थप रोजगारी सिर्जना भएको उनले बताए ।  

प्रतिक्रिया दिनुहोस