६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रोकिएन बिलबिजकभन्दा धेरै सामान ल्याउनेक्रम 

अ+ अ-

वीरगञ्ज (पर्सा)।  सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साले चालु आर्थिक वर्षको साउनदेखि जेठसम्मको अवधिमा  करिब रु साढे २७ करोड मूल्य पर्ने बिलबिजक नभएका सामान बरामद गरेको छ ।  

सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरी बलको सक्रियताले पछिल्लो समय दिनहुँ जसो भन्सार छली गरेका तथा बिलबिजकमा भन्दा धेरै सामान ल्याएको सामग्री तथा उपकरण नियन्त्रणमा लिने क्रम ह्वात्तै बढेको हो ।  

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटरका गणपति राधेश्याम धिमालले आव २०७९/ ८० को तुलनामा चालु आवको ११ महिनाकै अवधिमा अवैध चोरी, निकासी, पैठारीबाट रु तीन करोड सात लाख ३५ हजार नौ सय ४१ मूल्य पर्ने सामान तथा उपकरण बरामद गरेको बताए ।

“भन्सार छली तथा चोरी पैठारी र बिलबिजकभन्दा धेरै सामान ल्याउनेलाई पक्राउ गरेर सम्बन्धित निकायमा बुझाउँदै आइरहेका छौँ”, उनले भने, “चोरी–तस्करी गरेर भित्र्याएको सामानलाई पक्राउ गरेर वीरगञ्ज भन्सार कार्यालयलाई बुझाउँदै आइरहेका छौँ । बिलबिजक अनुसार नभएको सामान भने राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाउँदै आइरहेका छौँ ।” 

सशस्त्र प्रहरीले गत आवभरिमा भने रु २४ करोड ३८ लाख ४० हजार नौ सय ३१ मूल्य पर्ने अवैध सामान बरामद गरेको थियो । सशस्त्र प्रहरीले बरामद गरेको रेकर्ड हेर्दा सबैभन्दा धेरै चिसो पेय पदार्थ, लत्ताकपडा र प्याज र मेसिनरी पार्टपुजा धेरै तस्करी हुने गरेको देखाउँछ । 

गणपति धिमालले पर्सा जिल्लामा नेपाल भारत खुला सिमानाका भएकाले दुवै मुलुकमा चोरी तस्करी निमिट्यान्न पार्न नसकिए पनि नियन्त्रण गर्नका लागि अधिकतम प्रयास भने जारी राखेको बताए । “हामीले आफूसँग भएको जनशक्तिलाई सीमा सुरक्षाको साथसाथै चोरी/तस्करी नियन्त्रणका लागि खटाउँदै आइरहेका छौँ । जसको परिणामस्वरुप पनि गत आवको तुलनामा चालु आवको ११ महिनामा अवैध बरामद भएको सामान तथा उपकरणको रेकर्डले पनि देखाउँछ”, उनले भने ।

सशस्त्र प्रहरी बलले चालु आवको ११ महिनाको अवधिमा बिलबिजक अनुसार नभएको रु १५ करोड ४० लाख ४५ हजार दुई सय ६२ मूल्य पर्ने सामान तथा उपकरण पक्राउ गरेर राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ ।

सोही अवधिमा भन्सार छली गरेर भित्रिएका रु १२ करोड पाँच लाख ३१ हजार छ सय १० मूल्य पर्ने सामान तथा उपकरण बरामद गरेर वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको जनाएको छ । 

सशस्त्र प्रहरी बलले गत आवभरिमा भने बिलबिजक अनुसार नभएको रु १२ करोड ९५ लाख ६६ हजार तीन सय १६ मूल्य पर्ने सामान तथा उपकरण पक्राउ गरेर राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको थियो । त्यस्तै गरी सोही वर्ष रु ११ करोड ४२ लाख ७४ हजार छ सय १५ मूल्य भन्सार छलीका सामान तथा उपकरण जफत गरेर वीरगञ्ज भन्सार कार्यालयमा दाखिला गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस