काठमाडौँ । संसद सचिवालयका कर्मचारीको आन्दोलन लगायतको विषयमा छलफल गर्न सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले राखेको बैठक सुरू भएको छ।
राज्यव्यवस्था समितिको हलमा अहिले बैठक जारी छ। बैठकमा दुवै सभाका पदाधिकारी, दुवै सभाका प्रमुख सचेतक, मुख्य सचेतक, संघीय संसदका महासचिव र सचिवालय सचिवलगायत सहभागी छन्।