९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोटीमा बस्ती डुबान भए सदनमै बदला लिने ऊर्जा मन्त्रीलाई प्रेम आलेको चेतावनी

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले ऊर्जामन्त्री शक्ति बस्नेतलाई पटक पटक भन्दा पनि डोटीमा बजेट नहालेकोप्रति आक्रोश व्यक्त गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्री ‘प्रचण्ड’ र ऊर्जा मन्त्रीलाई भन्दा पनि आफ्नो जिल्लामा बजेट नहालेको बताए ।

‘ऊर्जा मन्त्रीलाई गत वर्ष पनि सेती नदी र गण्डिगाड खोलाले कटान गरेको बस्ती, विद्यालय जोखिममा छ । बजेटको व्यवस्थापन गर्नुपर्छ भनेँ । ऊर्जामन्त्रीले हुन्छ भन्नुभयो, तर बजेटमा परेन । मैले प्रधानमन्त्रीलाई पनि भनेँ बजेट परेर बस्ती जोखिममा छ भनेर । जग्गा कटान गरिसकेको छ, अब बस्तीमात्रै बाँकी छ । उहाँले हुन्छ भन्नुभयो । टिप्नुभयो, संशोधन भएन । यस पटक पनि ऊर्जामन्त्रीले गर्छु भन्नुभएको थियो, अहिले पनि परेन ।

डोटी जिल्लाको नाम किताबमै छैन । कतिपय सत्तापक्षका माननीयहरुकोमा बजेट परेको होला । म अनुरोध गर्न चाहन्छु, यो जाजरकोटमा बजेट कमै भएको रहेछ माननीय शक्ति बस्नेतकोमा । तपाईँहरूको कटौती गरेर पनि दिइदिनुस् । मन्त्री एउटा जिल्ला, पालिकामा मात्रै सीमित हुने ? मन्त्री सिंगो देशको होइन ? पटक पटक मन्त्री भएको मान्छेले सबैलाई समेट्न पर्दैन ? म ७० सालदेखि निरन्तर तीन पटक निर्वाचित भएर आएको छु ।

डोटेली जनताले मलाई माया गरेर जिताइराख्नु भएको छ। तर माननीयज्यूले सुन्नुभएन । म खेद व्यक्त गर्न चाहन्छु । म ऊर्जा मन्त्रीलाई भन्न चाहन्छु, तपाईँ मन्त्री भइराख्नुस्, सधैँ जाजरकोटमा बजेट लगिराख्नुस् । तपाईँलाई शुभकामना छ । त्यहाँको बस्ती डुबान भयो भने छोड्नेवाला छैन, खबरदार ! यदि बस्ती डुबान भयो, बगेर गयो, मानवीय क्षति भयो भने यही सदनमा बदला लिने अवस्था आउनसक्छ । डोटेली जनताले यो कुरा बोल भनेर मैले बोलिरहेको छु ।

प्रतिक्रिया दिनुहोस