१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गृहमन्त्री लामिछानेले जथाभावी सरुवा आतंक फैलाएको भन्दै काँग्रेसको आपत्ति

अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी काँग्रेसका सांसद अर्जुननरसिंह केसीले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले प्रहरीमा जथाभावी सरुवा आतंक फैलाएको भन्दै आपत्ति जनाएका छन् । 

प्रतिनिधि सभाको मंगलबारको बैठकमा आगामी आर्थिक वर्षका लागि गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिने क्रममा सांसद केसीले प्रहरीको कानुन विपरीत जथाभावी सरुवा किन गरेको भनेर प्रश्न गरेका हुन् ।

गृह मन्त्रालयको १०० दिनमा गृहमन्त्री लामिछानेले सुरक्षा अंगहरूको चेन अफ कमाण्ड नै ब्रेक गर्ने खालको काम गरेको र सुरक्षा निकाय प्रमुखलाई निरीह बनाउने काम गरेको भन्दै केसीले आक्रोश व्यक्त गरेका थिए । गृहमन्त्रीले सय दिनमा १७ पटक प्रहरी र ६६ जना सिडिओलाई परिवर्तन गरेर सरुवा आतंक फैलाएको उनको भनाइ थियो ।

‘सरकारले यो १०० दिनको अवधिमा मैले गृह मन्त्रालयको १०० दिनको प्रस्तुति सबै पढेँ । दैनिक गर्नुपर्ने कार्यको फेहरिस्त छ । तर नयाँ ढंगले जुन उत्साह, प्रतिबद्धता, जनप्रिय नाराका साथ गृहमन्त्रीसहितको नयाँ टिम प्रवेश गरेको थियो । मैले १०० दिनको कार्यक्रममा कुनै पनि पाएन, ‘केसीले भने, ‘सय दिनमा १७ चोटि प्रहरी परिवर्तन भए । ३४ सय भन्दा बढी प्रहरी यो तीन महिनाको अवधिमा परिवर्तन भए । ६६ जना सिडिओ र सहायक सिडिओ परिवर्तन भएका छन् । १०० दिन भित्र यत्रो परिवर्तनको आवश्यकता किन ? जबकि प्रहरी नियमावलीमा स्पष्ट रूपमा एक वर्षसम्म विशेष परिस्थिति वा उसको काममा खोट देखिए मात्रै परिवर्तन गर्न सकिन्छ, नभए भने परिवर्तन गर्न हुन्न भन्ने छ ।’

प्रहरीको चेन अफ कमान्ड नै कमजोर बनाउन खोजिएको केसीको भनाइ थियो । ‘अहिले सरुवा आतंक, आतंक मात्र होइन प्रहरीभित्रको चेन अफ कमान्डलाई लाचार छाया बनाउने खालको जुन काम गरिएको छ त्यो गृहमन्त्रीबाट आशा गरिएको होइन । तपाईँबाट निश्चित पद्धति र मर्यादाभित्र बसेर प्रक्रियाबाट हुन्छ भन्ने मलाई चाहिँ विश्वास थियो, ‘केसीले भने, ‘जुन ढंगको सरुवा आतंक, प्रशासनलाई निरीह छाया बनाउने र सुरक्षा अंगहरूमा चेन अफ कमान्ड ब्रेक गर्ने र प्रमुखहरूमाथि नै बक्रदृष्टि राख्ने खालको स्थिति पुगेको छ त्यस्ता विषयमा गम्भीर हुन म गृहमन्त्रीजीलाई आग्रह गर्न चाहन्छु ।

प्रतिक्रिया दिनुहोस