मन्त्रालयको निर्देशनपछि २० जना शिक्षक पद नै त्यागेर राजनीतिमा « प्रशासन
Logo १२ असार २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

मन्त्रालयको निर्देशनपछि २० जना शिक्षक पद नै त्यागेर राजनीतिमा


४ असार २०८१, मंगलबार


काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राजनीतिक दलको सदस्यता त्याग गर्न निर्देशन दिएपछि २० जनाले बरु शिक्षक पद नै त्यागेर राजनीतिमा लागेका छन् । शिक्षामन्त्री सुमना श्रेष्ठले शिक्षकहरूलाई दलको आबद्धता छाड्न देशभर सर्कुलर गरेकी थिइन् । ८ सय २५ जना शिक्षकले राजनीतिक दलको सदस्यता त्याग गरेकोमा २० जनाले शिक्षकबाट राजीनामा दिएर राजनीतिमा लागेको शिक्षा मन्त्रालयले जनाएको छ ।

सरकारले नीति तथा कार्यक्रममा पनि शिक्षकलाई दलीय आबद्धता मुक्त गराउने कानुनी व्यवस्थालाई कार्यान्वयन गर्ने घोषणा गरेको थियो ।

शिक्षामन्त्री श्रेष्ठले कार्यकालको एक सय दिनको कार्य विवरण सार्वजनिक गर्दै शिक्षकहरूलाई राजनीतिबाट निरुत्साहित गर्न आफ्नो प्राथमिकता रहेको प्रतिबद्धता दोहोर्‍याइन् । उनले शिक्षामा दलीय राजनीतिकरण हुन नहुने विषयमा अन्तिम साससम्म नछाड्ने एजेन्डा आफ्नो रहने सुनाइन् । राजनीतिमा आबद्ध भएका ४५ शिक्षक विरुद्ध उजुरी प्राप्त भएको र ती मध्ये ४१ जना सँग स्पष्टीकरण सोधिएको र ४ जनाले सफाई पाएको मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस