काठमाडौँ । विश्व बैंकले नेपाल, माल्दिभ्स र श्रीलंकासम्बन्धी मामिला हेर्ने प्रमुखमा डेभिड सिस्लेनलाई नियुक्त गरेको छ ।
उनले जुलाई १ देखि पदभार सम्हाल्ने विश्व बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसअघि फारिन हदाद-जर्भोसले विश्व बैंकका लागि यो क्षेत्रको नेतृत्व सम्हाल्दै आएका थिए ।
अमेरिका र इटलीको दोहोरो नागरिक रहेको र सन् २००१ मा अर्बान क्लस्टर युनिटमा अर्थशास्त्रीका रूपमा सिस्लेन विश्व बैंक प्रवेश गरेको विज्ञप्तिमा उल्लेख छ । त्यसयता उनले प्रक्रियागत र व्यवस्थापकीय पदमा विभिन्न क्षेत्रमा काम गरेका थिए ।
पछिल्लो समय वासिङ्टनमा रहेर सिस्लेनले ल्याटिन अमेरिका एवं क्यारिबियन क्षेत्रमा सहरी, विपत् जोखिम व्यवस्थापनमा प्राक्टिस म्यानेजरका भूमिकामा कार्यभार निर्वाह गरेका थिए ।