काठमाडौँ। लोक सेवा आयोगले रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल) को विभिन्न सेवा तथा पदहरुको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
आयोगको केन्द्रिय कार्यालयले आज सूचना जारी गरी रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल)को विभिन्न वि.नं.०७९-८० (आ.प्र. र खुला तथा समावेशी), सेवा/समूह, तह तथा पदहरुको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।
साथै अन्तर्वार्ता तथा अन्य कार्यक्रमको लागि सम्बन्धित निकायमा सम्पर्क राख्न आयोगले आग्रह गरेको छ ।