६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गोही प्रजनन केन्द्रमा दुई सय तीन बच्चा कोरलिए 

अ+ अ-

चितवन । चितवन राष्ट्रिय निकुञ्जको घडियाल गोही प्रजनन् केन्द्रमा दुई सय तीन वटा बच्चा कोरलिएका छन् । राप्ती नदीबाट सङ्कलन गरिएका दुई सय ४७ अण्डाबाट एक सय ९८ र प्रजनन केन्द्रमा रहेका अण्डाबाट पाँच गरी दुई सय तीन गोहीका बच्चा कोरलिएका हुन् ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार राप्ती नदी किनारमा आठ गुँडबाट सङ्कलन गरिएका दुई सय ४७ अण्डालाई प्रजनन केन्द्रमा ‘ह्याचिङ’ गरिएका थिए । आर्थिक वर्ष २०७९/८० मा दुई सय ५९ अण्डाबाट दुई सय २२ बच्चा कोरलिएका थिए । आर्थिक वर्ष २०७८/७९ मा पाँच सय ६३ अण्डाबाट चार सय ९६ बच्चा कोरलिएका थिए । प्रजनन केन्द्रमा भाले बूढो भएकाले चल्ला निस्कने क्रम कम भएका र गत वर्ष एउटा मात्र बच्चा कोरलिएको थियो । अघिल्ला वर्षहरूमा पनि बच्चा कोरल्ने दर न्यून रहेको छ । प्रजनन केन्द्रमा सात सय ७३ गोही रहेका छन् भने तीमध्ये २० र ४६ वर्षका दुई भाले छन् ।

यसै आवमा गरिएको सर्भेमा राप्ती र नारायणी नदीमा दुई सय ६५ वटा गोही देखिएका थिए । तीमध्ये छवटा भाले रहेको तिवारीले जानकारी दिए । नदी किनारमा जोखिममा रहेका गुँडहरूबाट सङ्कलन गरिएका अण्डा ह्याचिङमा राखेर निस्किएका चल्ला हुर्काएर नदीमा छोडिँदै आएको छ । यस आवमा राप्ती नदीमा एक सय पाँच वटा गोही छाडिएको छ । प्राकृतिक वासस्थानमा बाँच्ने र हुर्कने दर कम भएको संरक्षित वन्यजन्तु घडियाल गोहीको संरक्षणमा सहयोग पुर्‍याउने उद्देश्यले प्रजनन केन्द्रमा गोही हुर्काउने गरिएको छ । विसं २०३५ मा स्थापना गरिएको प्रजनन केन्द्रबाट हालसम्म एक हजार नौ सय ५७ घडियाल गोही प्राकृतिक वासस्थानमा छोडिएका छन् ।

सूचना अधिकारी तिवारीले हालसम्म राप्तीमा एक हजार दुई सय दुई, नारायणीमा चार सय १९, बबईमा एक सय १०, सप्तकोसीमा एक सय १५, कालीगण्डकीमा ३५,  कर्णालीमा ४१, बाँके राष्ट्रिय निकुञ्ज पश्चिम राप्ती नदीमा १० र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको चौधर खोलामा २५ वटा गोही छोडिएका जानकारी दिए । नदीमा छोडिएका भन्दा कम सङ्ख्यामा गोही हुनुको कारण पानीको बहाबसँगै बगेर जाने र मर्नेलगायत विभिन्न कारण रहेका उनले बताए ।

प्रतिक्रिया दिनुहोस