१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस र एमालेभित्रको विवाद आफूले नै समाधान गर्ने गरी काम गरेको ‘प्रचण्ड’को दाबी

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको आवश्यकताअनुसार सबै राजनीतिक प्रमुख दललाई आफूले संयोजन गरिराखेको बताएका छन् ।

नेपाल बुद्धिजीवी संगठनको छैटौँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले काँग्रेस र एमालेभित्रको समस्या पनि आफैँले समाधान गरिदिने गरी काम गरिरहेको बताए ।

प्रधानमन्त्री ‘प्रचण्ड’ले भने, ‘मान्छेहरूले हेर्दा मलाई कहिले यता कहिले उता पनि भन्छन्, तर मैले पार्टी आन्दोलन र देशको आवश्यकताअनुसार सबै राजनीतिक प्रमुख दलहरूसँग सदनभित्र र बाहिर भएकाहरूलाई पनि संयोजन गरिराखेको छु । कहिलेकाहीँ मलाई लाग्छ, नेपाली काँग्रेस र एमालेलाई पनि संयोजन गर्ने, उहाँहरूभित्रको समस्या पनि मैले नै समाधान गरिदिनुपर्‍यो जस्तो गरी काम गर्नु परिराखेको छ । मैले गरिराखेको पनि छु ।’

पार्टी विभाजनहरूको अप्ठेरा परिस्थितिहरू झेलेर फेरि पार्टी एकताको नयाँ प्रक्रिया हुँदै अझ एउटा बृहत् एकतातिर गएको उनले बताए ।

उनले भने, ‘शान्ति सम्झौताको हस्ताक्षरकर्ताको बीचमा अन्तिम टुङ्गो लगाउने कुराकानी भइरहेको छ । अहिले पनि देशमा समाजवादसहित सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रा सुरु गर्न सकिने दृढताका साथ हिँडेको छु ।’ ‘प्रचण्ड’ले पार्टीका नेता कार्यकर्ताहरूलाई गुटभन्दा पनि पार्टी निर्माणमा लाग्न आग्रह गरे ।

उनले भने, ‘पार्टीमा कुनै खालको गुट बनाउने होइन, गुटले मान्छेलाई तलतल झार्छ, मान्छेको हैसियत आत्मसम्मान घट्दै जान्छ । पार्टी बनाउनतिर लाग्दा मान्छेको सम्मान बढ्छ । त्यसैले त्यतातिर केन्द्रित हुनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस