६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अर्थमन्त्रीद्वारा गल्ती स्वीकार, हट्यो गण्डकी प्रदेश सभाको अवरोध

अ+ अ-

काठमाडौँ । गण्डकीको प्रदेश सभा बैठकको अवरोध हटेको छ । प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङले आगामी आर्थिक वर्षका लागि पेस गरेको बजेट वक्तव्यमा भएको गल्ती स्वीकारेपछि अवरोध हटेको हो ।

अर्थमन्त्री गुरुङले १ असारमा ल्याएको आगामी आर्थिक वर्षको २०८१–८२ को बजेटमा हिसाब नमिलेको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले बिहीबार बैठक अवरुद्ध गरेको थियो ।

प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट वक्तव्यको बुँदा नं. १३९ मा त्रुटि पाइएको थियो । ‘मनसायरहित मानवीय त्रुटिका लागि गल्ती स्वीकार गर्दै सो बुँदालाई स्पष्टताका साथ आद्यवधि गरी सोको विवरण माननीय सदस्यले प्राप्त गर्ने गरी उपलब्ध गराएको ब्यहोरासमेत अनुरोध गर्दछु’, शुक्रबारको प्रदेश सभा बैठकमा उनले भने ।

आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले ३२ अर्ब ९७ करोड ८५ लाखको बजेट पेश गरेका थिए । तर उक्त बजेटको स्रोतमा भने ३२ अर्ब ४८ करोड ७६ लाख रुपैयाँको मात्र हिसाब उल्लेख गरेका थिए ।

बजेट वक्तव्यमा उल्लिखित कार्यक्रम कार्यान्वयन गर्न ४९ करोड ९ लाख रुपैयाँको स्रोत अभाव हुने देखिएको भन्दै बिहीबार नेकपा एमालेले प्रदेशसभा बैठक अवरुद्ध गरेको थियो ।

एमाले संसदीय दलका उपनेता लिलबहादुर थापाले बजेटमा प्रस्तुत गरिएको अंकको हिसाबकिताब नै गल्ती भएको भन्दै त्यसको जवाफ नदिएसम्म संसद् चल्न नदिने बताएका थिए । बजेटमाथि बिहीबारबाट छलफल सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस