काठमाडौँ । जिल्लामा हुँदै आएका विभिन्न गतिविधिलाई निगरानीमा राख्न पर्सा प्रहरी कार्यालयमा निर्माण भएको स्मार्ट कन्ट्रोल रुम सञ्चालनमा आएको छ।
प्रहरीले जिल्लाको दैनिक प्रहरी परिचालनलाई व्यवस्थित बनाउन कन्ट्रोल रुम सञ्चालनमा ल्याएको हो। शुक्रबार एक कार्यक्रमबीच प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले स्मार्ट कन्ट्रोल रुमको उद्घाटन गरेका हुन्।
कन्ट्रोल रुमको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी भुसालले अहिले व्यवस्थित रूपमा कन्ट्रोल रुम सञ्चालनमा आएको र यसले प्रहरीलाई काम गर्न सजिलो हुने बताए। अब कुनै पनि गतिविधिहरूलाई छिटोछरितो सम्बोधन गरी अपराध रोकथाम, नियन्त्रणका साथै शान्ति सुरक्षाको अवस्थालाई प्रभावकारी बनाउन मद्दत पुग्ने उनको भनाइ थियो।
विगतमा सानो रुमबाट सञ्चालन हुँदै आएको प्रहरीको गतिविधि अब स्मार्ट रुमबाट निगरानी हुने पर्साका प्रहरीले बताएको छ।