काठमाडौँ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आफू गृहमन्त्री हुँदा पञ्चायतकालदेखिकै अनियमितता भएको फाइल खोलेको दाबी गरेका छन्।
शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै भ्रष्टाचार, अनियमिता नगर्ने, गर्नेलाई नछोड्ने मन्त्रीहरूको तलबले त चिया खुवाउन पनि नपुग्ने बताए।
उनले भने, ‘अहिले देशमा सुशासनको आवश्यकता छ। म गृह मन्त्रालयमा हुँदा पञ्चायतकालदेखिको सबैलाई निकालेर कहाँ कहाँ गडबडी भएको छ। पैसा र राज्य आफूसँग छ वा पैसाको बलमा राज्यसँग पहुँच छ भने जे गरे पनि हुन्छ भन्ने मान्यतालाई भत्काउन खरबौँको जग्गा सरकारको बनाइयो। संलग्नलाई जेल हालियो। भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई जेल हालियो। तर, त्यस प्रकारको काम नगरीकन विकास अगाडि बढ्न सक्दैन।’
आफ्ना मान्छे आउने देखियो भने त्यो फाइल खोल्ने कि नखोल्ने भनेर देश विकास नहुने बताए।
‘यो केस उठाउँ कि नउठाऊ मेरो मान्छे पनि पर्ला जस्तो छ। त्यो चाहिँ नगरौँ भन्न थाल्यो भने देश बन्छ ? कोही न कोही त तयार हुनुपर्यो नि ? उनले गृहमन्त्री रवि लामिछानेलाई लक्षित गर्दै भने,‘ अरू बेलामा ठूल्ठुला कुरा गर्ने ? आफ्नो पालो आएपछि चाहिँ भयो गरौँ कि नगरौँ भन्ने अनि कसरी हुन्छ। त्यसमा पनि ध्यान जानुपर्छ।’